आमूल परिवर्तन नागरिक पार्टी केन्द्रीय समितिकाे बैठक सम्पन्न
Phaktanglung Darpan
असाेज ११ गते २०८१
10:25 pm
फक्ताङलुङ दर्पण
आमूल परिवर्तन नागरिक पार्टी केन्द्रीय समितिकाे प्रथम बैठक ललितपुरकाे धाेवीघाटमा सम्पन्न भएकाे छ । यहि असाेज १० गतेबाट पार्टीका अध्यक्ष दलमर्दन कामीकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त बैठक ११ गते सम्पन्न भएकाे छ । पहिलाे दिन प्रत्येक प्रदेशका प्रमुखरुले आ-आफ्नो प्रदेशमा अहिलेसम्म गरेका गतिविधि र भएका प्रगति विवरण सहित रिपोर्टिङ प्रस्तुत गरेका थिए । त्यसैगरि पार्टीका अध्यक्ष दलमर्दन कामीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, अर्का अध्यक्ष भरत गिरीद्वारा प्रस्तुत घाेषणा पत्र र दस्तावेज लेखन कार्यदलले तयार पारेकाे विधान कार्यदलका संयाेजक वी.आर.लामाद्वारा प्रस्तुत गरिएकाे थियाे । प्रस्तुत गरिएका राजनीतिक प्रतिवेदन,घाेषणा पत्र तथा विधान माथि समूहगत रुपमा छलफल भएपश्चात प्राप्त सुझावहरु माथि छलफल गरि महत्वपूर्ण निर्णयहरु गर्दै र विविध विषयमा प्रशिक्षण समेत गरि बैठक सम्पन्न भएकाे साे पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख नरेश क्षितिजले जानकारी दिएका छन् ।
One thought on “आमूल परिवर्तन नागरिक पार्टी केन्द्रीय समितिकाे बैठक सम्पन्न”
Very good, thanks!