सिक्कुम ज्ञानु फुरुम्बो चरपेर/युके याक्थुङ लिम्बुहरुको मौलिक पर्ब सिसेक्पा तङनाम बिगत बर्ष झै यो बर्ष पनि भब्यरुपमा मनाएका छन । १३ जुन २०२४ गते शनिवारका दिन किरात याक्थुङ चुम्लुङ युकेको आयोजनामा लिम्बुहरुको मौलिक पर्व सिसेक्पा तङनाम कार्यक्रम भब्य रुपमा आयोजना गरेको थियो । उक्त सिसेक्पा तङनाम किरात याक्थुङ चुम्लुङ युकेको निजी जग्गा मेडिस्टोन चुम्लुङदेनमा विभिन्न कार्यक्रम सहित मनाएको हो ।
किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष नरवीर आङबो अध्यक्षता तथा मेडिस्टोन बोरोकाउन्सिलका मेयर जोन पेरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिभिन्न समामाजीक संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उपस्थित अतिथिहरुलाई याक्थुङ लिम्बुहरुको मौलिक पहिचान झल्किने सांस्कृतिक माङलाङ,केलाङ, येबालाङ,सहित स्वागत गरिएको थिए ।
तङनामलाई रोचक बनाउन नेपाली सुगम संगितका चर्चित राष्ट्रिय कलाकार गायक राजेश पायल राई (राई इज किङ) को उपस्थितिमा बेजोड संगीतक प्रस्तुती रहेको थियो सिसेक्पा तङनामलाई संगीतमय बनाउदै दुई दर्जन भन्दा माथी गीत गाएका थिए भने पालाम गायक जीवन केदेम लगायत स्थानीय कलाकारहरुको समेत संगीत प्रस्तुति रहेको थियो यसै गरि सिसेक्पा तङनामको अवसरमा किरात याक्थुङ युकेलाई लामो समय देखि विभिन्न ,कोण क्षेत्रबाट योगदान दिनेहरुलाई पुरुस्कृत तथा सम्मान गरिएको र अन्य क्षेत्र र विधामा उत्कृष्ट नतिजा प्राप्त गर्ने याक्थुङ समुदाका नयाँ पुस्ताहरुलाई पनि प्रशंसा पत्र सम्मान गरिएको संस्थाका महासचिव जुरेन्द्र खजुमले जनाएका छन । यसै गरि याक्थुङ लिम्बुहरुको मौलिक ,पनपहिचान भाषा,लिपि संस्कार,सांस्कृतिकलाई,संरक्षण,सम्बर्द्वन गर्न याक्थुङ समुदायका दोस्रो पुस्ताहरुलाई हस्तातरण गर्दै लग्नका लागि किरात याक्थुङ चुम्लुङ युकेको मतहतमा गठन भएका विभिन्न शाखाबाट केलाङ,यालाङ प्रतियोगीता गराएका थिए । भने अन्य अतिरिकत खेलहरु पक्लुङ,भाग्य चिठा,जस्ता खेल पनि खेलाएका थिए । सिसेक्पा तङनाममा युके भरि बसोबास गर्दै आएका पाँच हजार भन्दा माथी याक्थुङ लिम्बुहरुको उपस्थिति रहेको थियो उक्त कार्यक्रममा याक्थुङ समुदायसंग परम्परा देखि जोडिएको मौलिक समाग्रीहरु पनि प्रदर्शन गरिएको थियो विशेष गरि सिसेक्पा तङना लिम्बू समुदायमा परम्परा देखि नै मौलिक चार्डको रुपमा मान्दै आएका छन । यश तङनामलाई कसरी र किन मान्नि छ भनेमा यसका छुटै रोचक मिथकहरु छन ।
One thought on “किरात याक्थुङ चुम्लुङ युकेको आयोजनामा सिसेक्पा तङनाम भब्य मनायो”
समाचार पढियो,राम्रो सप्रेषण छ, धन्याबाद र सिसेक्पा तङनामको शुभकामना |
समाचार पढियो,राम्रो सप्रेषण छ, धन्याबाद र सिसेक्पा तङनामको शुभकामना |