असार ३० गते २०८२
09:32: PM
असार ३० गते २०८२
09:32: PM

ताप्लेजुङमा आज देखि पोलियो बिरुद्धको आई.पि.भी खोप सरु

जेठ १३ गते २०८१
9:03 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा पोलियो बिरुद्धको आई.पि.भी खोप अभियान आजबाट सुरुभएको छ । जिल्लामा ७ हजार बालबालिकालाई पोलियो बिरुद्धको खोप दिनेगरी अभियान सुरु गरिएको हो ।
जिल्ला खोप समन्वय समितिले अनुसार ६ हजार ७५० जनालाई खोप दिने लक्ष्य रहेको बताएको हो । जिल्ला खोप समन्वय समितिका सदस्य सचिव एवम् स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख कूलबहादुर पौडेलका अनुसार ताप्लेजुङका ९ मध्ये ४ स्थानीय तहमा जेठ १३ गते देखि १८ गते सम्म पहिलो चरणमा यस्तो खोप दिईने भएको छ । पौडलका अनुसार पहिलो चरणमा फुङलिङ नगरपालिका,पाथीभरा याङवरक गाउँपालिका,सिदिङ्वा गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने छ । जेठ २० गते देखि २५ गते सम्म ५ स्थानीय तहमा खोप अभियान सञ्चालन हुने छ । दोस्रो चरणको खोप अभियान मिक्वाखोला गाउँपालिका,मैवाखोला गाउँपालिका,सिरिजङ्गा गाउँपालिका,मेरिङदेन गाउँपालिका र फक्ताङलुङ गाउँपालिकामा सञ्चालन हुनेगरी कार्यतालिका तयार भएको जिल्ला खोप समन्वय समितिले जनाएको छ ।
खोप अभियानका लागि जिल्ला भरमा कूल ३ सय ९८ वटा केन्द्र निर्धारण भएको स्वास्थ्य कार्यालय ताप्लेजुङका कोल्डचेन सुपरभाइजर दिनेश रायले जानकारी दिनुभयो । उहाँका अनुसार कूल खोप केन्द्रमध्ये ३ सय ४८ जना बिद्यालयलाई खोप केन्द्र निर्धाण गरिएको छ भने बाँकी बिद्यालय बाहेकका खोप केन्द्र रहने छन् । अभियानमा १ सय २१ जना तालिमप्राप्त खोप स्वास्थ्यकर्मी र सहयोगीको रुपमा ७ सय ९६ जना स्वयंसेवक परिचालित हुने भएका छन् । खोप अभियानमा शिक्षक समेत परिचालित हुने भएका छन् । शिक्षक र स्वास्थ्यकर्मी सहित कूल ४ सय ४८ जना परिचालित हुँदा कामको सुपरीवेक्षणका लागि ७३ जना खटिने भएका छन् ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo