चैत्र २७ गते २०८१
11:56: PM
चैत्र २७ गते २०८१
11:56: PM

(याक्थुङ लाजे लिम्बुवानको पुन– स्थापनाको बाटो)पुस्तकको विचार विर्मश

वैशाख ३१ गते २०८१
9:58 pm
Author Avatar
फक्ताङलुङ दर्पण

-ज्ञानु फुरुम्बो लिम्बू चरपे/बेलायत
गत आइतबार सगरमाथा गोर्खा नेपाली कम्युनिटीको सभा हलमा दिल पालुङवा याक्थुङद्वारा लेखित याक्थुङ लाजे लिम्बुवानको पुन– स्थापनाको बाटो पुस्तकको विचार विर्मश भएको छ ।


नजिकबाट लिम्बुवान आन्दोलनलाई नियाल्दै आएका पालुङवा लिम्बुवानी माटो र पहिचानलाई राम्रोसंग बुझेका छन । बिगत समय देखि लिम्बुवान राज्यको हरेक ऐतिहासिक स्थलहरुमा स्थलगत खोज गरि लिम्बुवानी मजबुत दस्ताबेजहरु अध्ययान अनुसन्धान गर्दै आएका थिए । उहाँको लामो खोज अध्ययान पछि लिम्बुवान याक्थुङ लाजे पुन– स्थापना नाम पुस्तक प्रकाशन गर्नुभएको हो ।
अन्तरक्रिया कार्यक्रममा सहभागी बौद्धिक पहिचानवादी ब्यक्तित्वहरुले यस पुस्तकको बिषयमा टीका टिप्पणी गरेका थिए । पुस्तक अति सान्दर्भिक खोजमुलक पठनिय रहेको तर यसलाई अझ धेरै पहिचानका ऐतिहासिक कुराहरु समेटेर लैजान र संसारको जुन सुकै कुनामा रहेता पनि आफ्ना पहिचान,माटोलाई माया गर्नेहरुको घरदैलो र हातहात सम्म पुग्न पाए राम्रो हुने सुझाव दिएका थिए ।
पुस्तकको पृष्ठभुमि, ईतिहास,पहिचान,सहअस्तित्व,लिम्बुवानका आर्थिक नीति समेत समेटिएको छ । संरचना,पर्यटन,ब्यावसायि,लिम्बुवान क्याप्सुल आन्दोलन,लिम्बुवान आन्दोलन केही कमजोर हुन्दै जानू,लिम्बुन भुमि,राज्य प्राप्तीका लागि अब संगठन कस्तो हुन पर्छ, भने बिषयहरु समिटीको छ । लिम्बुवान कुनै राज्य सासकहरुसंग युद्वमा हारेर आत्मा समर्ण गरेर कसैको राज्यमा गाभिन गएको हैन पृथ्वीनारायाण शाहले जर्ब जस्त नीति कुटनिती तवरले हडपेको हो लिम्बुवान एउटा स्वतन्त्र राज्य थियो आफ्नै मुद्रा,परराष्ट्रनिति, प्रशासन,सेना भएको शान्ति समृद्व राज्य रहेको पुस्तकमा उल्लेख गरिएको छ ।
पालुङवा एक बहुप्रतिभा भएका ब्यक्ति हुन उनी हाल लिम्बुवान भुमि प्राप्तीका लागि लिम्बुवा राष्ट्रिय मोर्चाको अध्यक्षमा रहेर काम गर्दै आएका छन साहित्य,गित,संगीतहरु देखि लिएर समाजसेवामा पनि उतिकै सकृय छन । लिम्बुवान राज्य ताप्लेजुङमा जन्मका पालुङवा हाल परिवार सहित बेलायत बस्दै आएका छन ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo