तनावपूर्ण खेलमा झापालाई हराउँदै पाँचथर सेमी फाइनलमा प्रवेश।
Phaktanglung Darpan
पौष ५ गते २०८०
8:07 pm
फक्ताङलुङ दर्पण
देवेन्द्र बानिया/ताप्लेजुङ ताप्लेजुङमा बुधबारबाट सुरु भएको प्रथम कन्चनजङ्गा सेसेलुङ गोल्ड कपमा पाँचथर जिल्लाको पाँचथर फुटबल क्लब विजयी हुँदै सेमी फाइनलमा पुग्ने दोस्रो टोली बनेको छ। पाँचथरको जितमा दिनेश सेरमा को एक मात्र गोल गरेका थिए। उहाँको पहिलो ४२ औं मिनेटमा गोल गर्दै सेमी फाइनल यात्रा तय गरेको हो। विहिबारको खेल निकै तनावपूर्ण बनेको थियो । अन्तिम समय तिर झापा दोहोरो पहेंलो कार्ड खाँदै झापाका मिलन राई मैदान बाट बाहिरिनुभएको थियो। केही समय झापा १० खेलाडीमा झरेको थियो। विहिकारको खेलको मुख्य रेफ्री डिके थलङले ५ ओटा पहेंलो कार्ड र एउटा रातो कार्ड दिनुभएको थियो । विहिबार म्यान अफ दी म्यान पाँचथरका बसन्त ओझा हुनुभएको आयोजकले जनाएको छ । उहाँले पाँच हजार रुपैयाँ प्राप्त गरेका गर्नुभएको आयोजकले जनाएको छ । सुक्रबार हुने खेलमा रारा फुटबल क्लब धनकुटा र आठराई गाउँपालिका तेह्रथुमबीच खेल हुने आयोजकले जनाएको छ खेल पुस ११ गते सम्म संचालन हुने छ। प्रतियोगितामा आठ टिमको सहभागिता रहेकोछ। प्रथम हुनेलाई ट्रफी मेडल प्रमाण पत्र सहित तीन लाख दुई हजार ८० रुपियाँ प्राप्त गर्दा उपविजेतामा सिमित हुने टिमले एक लाख ५१ हजार ८० रूपयाँ प्राप्त गर्ने खेल सह संयोजक दिनेश लिङ्गखिमले जानकारी दिनुभयो। प्रतियोगिता चासोक तङनाम ५०८३ को असारमा सञ्चालन गरिएको हो।