ताप्लेजुङका अवस्थित पाथीभरा विश्वको एक प्रसिद्ध धार्मिक स्थलको रुपमा परिचित छ ।
प्रत्येक दिन सयौंको संख्यामा भक्तजनहरु पुग्ने गर्दछन् । आफ्नो मनोकांक्षा पुरा गरेर फर्कने गर्दछन् ।
पाथीभरा डाँडामा पुग्न धेरैलाई सहजताका साथ पुग्ने गर्दछन् । भने केही तीर्थयात्री भने निकै सास्ती हुने गरेको पाइन्छ ।
तर पानी भरीयाको साहयताले पाथीभरा डाँडामा पुगेर आफ्नो मोकांक्षा पुरा गरेर फर्कने गरेका छन् ।
उकुस मुकुस भएर काफ्ले पाटी सम्म गाडीमार्फ पुग्ने गर्द छन् । काफ्ले पाटी देखि पाँच किलो मिटर पदर्माग हुदै पाथीभरा डाँडामा पुग्नु सकिन्छ ।
पैदलमार्ग हुदै जाँदा प्राकृतिक मनोरम सुन्दरतामा मन्त्रमुत्त भएर उकालो चड्ने गर्दछन् । विभिन्न चराचुरुङ्गीका आवाजले एक संगीतमय धुन पैदा गर्दछन् ।
चैत बैशाख महिनामा गुराँस फूफल्दा प्राकृतिनै राताम्य हुने गर्दछन् । अन्य समयमा गुराँसको बोटहरुको दृश्य कुनै क्यान्भासमा कैद गरिएको दृश्यहरु जस्तै जो कसैले महसुस गर्दछन् ।
काफ्ले पाटी र ठुलो फेदीमा बास बसेकातीर्थ यात्रीहरु विहानको तीन बजे देखि उकालो चड्ने गर्दछन् । अध्याँरोमा उकोलो उक्लीन पनि सहज हुने महसुस हुदो रहेछ ।
आकाशभरी तारा चम्कीरेको दृश्यले अझ उकोलो चड्न उर्जा मिल्ने गर्दछ । आकाशमा जुन हत्केलाले टिप्न सकिन्छ जस्तै आँखा अगाडी उदाँउने गर्दछ ।
डाँडामा उक्ले पछि आँखा अगाडी चाँदी जस्तै टल्कीने हिमालको दृश्यले जो कोहीको मन लोभ्याउने गर्दछन् । पाथीभरा डाँडा देखि विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल आँखा अगाडी अटल भएर उभिएको देखिन्छ ।
त्यस्तै कुम्भकर्ण हिमाल संसारको ३२औँ अग्लो र नेपालको १५ औं अग्लो हातैले छुएला जस्तो लाग्ने गर्दछ । कम्भर्कणको उचाई ७,७११ मिटर छ ।
यसको मौलिक रैथाने तथा प्राचीन नाम फक्ताङ्लुङ हिमाल हो । किराँत धर्मावलम्बीहरुले आफ्नो आस्थाको केन्द्र पनि हो, संखुवासभा जिल्लामा अवस्थित संसारको ५ औं अग्लो हिमालको चुचुरोको दृश्य अवलोकन गर्न सकिन्छ ।
मकालु हिमाल नेपालको चौथो अग्लो हिमाल हो । यसको उचाई ८,४८१ मिटर छ । त्यस्तै पाथीभराको अर्को साइडमा मानभारा देख्न सकिन्छ ।
यी हिमालका दृश्यहरुले नैतिकतावान भएर जिउँन उर्जा दिने गर्दछ । हिमालहरुले जस्तो सुकै कठिनाइहरु सामना गर्न सकिउँदो रहेछ ।
तीन हजार ७९४ मिटर उचाईमा अवस्थित पाथीभरा डाँडाबाट ताप्लेजुङको,पाँचथर,तेह्रथुम लगायत क्षेत्रका भूबनावटको अध्ययन अवलोकन गर्न सकिन्छ ।
ताप्लेजुङकै उच्च स्थानमा रहेको बस्ती याङमा गाउँको सहजै अनुमान गर्न सकिन्छ ।
नेपाल चीनको नाका टिप्ताला समेत हिमालको चुचुरो हेरेर सहजै अनुमान गर्न सकिन्छ ।
वायुमण्डलीय तापक्रममा भएको तीव्र वृद्धिले सुन्दर हिमाल पग्लिँदै गएका छन्।
विशाल सुन्दर र मनमोहक हिमाल पग्लिने, नांगा देखिने र हिमपहिरो जान थालेसँगै यहाँको जनजीवन प्रत्यक्ष प्रभावित बन्दै गएको छ।
परिवर्तित जलवायुले विध्वंशकारी परिवर्तनका कारण यी मनमोहक हिमशृंखला कुनै दिन ‘कुरूप’ नबन्लान् भन्न सकिन्न।