वैशाख ४ गते २०८२
07:49: PM
वैशाख ४ गते २०८२
07:49: PM

टिप्ताला नाका खुलाउने पहल जारी

मंसिर ३ गते २०८०
9:01 am
Author Avatar
फक्ताङलुङ दर्पण

विवस केदेम/फक्ताङलुङ,

कोभिड—१९ कारण चार वर्ष यता बन्द रहेको तिप्ताला नाका खुलाउँने तयारी भइरहेको छ । दुई देशका स्थानीय पदाधिकारीबीच अनौपचारिक भेटघाट गर्दै नाका खुलाउने विषयमा छलफल हुदै आएका हो ।


नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतसँग नागका खुलाउँने विषयमा निरन्तर छलफल भइरहेको छ । गत मंगलबार नेपालको तर्फबाट ताप्लेजुङका फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू, उपाध्यक्ष रवीन साम्रा लिम्बूसहितका पदाधिकारी तथा राजनीतिक नेतृत्व र तिब्बतका पदाधिकारीबीच अनौपचारिक भेट गर्दै टिपताला नाका खुलाउनेबारे छलफल भएको छ । तिब्बतका तर्फबाट दिङ्जे काउन्टी जिल्लाका डीएसपी दावा छिरिङ लामा, इमिग्रेसन पुलिस अफिसर टासी थुन्डुक, रिउ शहरको टेन्डाङ उपप्रमुख लोप्साङ फिन्जोक र पुलिस अफिसर गुरु छलफलमा सहभागी हुनुभएको थियो ।


फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन वालुङको समन्वयमा नाका खुलाउने विषयमा मंगलबार अनौपचारिक छलफल भएको हो । छलफलमा नेपालका तर्फबाट नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य खेलप्रसाद बुडाक्षेत्री, वैकल्पिक केन्द्रीय सदस्य मिङ्माडण्डु शेर्पा, नेपाली काँग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्याहाङ, सचिव युकहाङबीर हाङ्गाम सहभागी हुनुहुन्थ्यो ।


दुई देशका स्थानीय पदाधिकारीबीचको भेटमा टिपताला नाका तत्काल खुलाउन पहल गर्ने, दुई पक्षीय व्यापार तथा पर्यटकीय विकास गर्ने विषयमा छलफल भएको छ । छलफलका क्रममा नाका खुलाउन, व्यापार तथा पर्यटन विकास गर्न र टिपतालादेखि ओलाङ्चुङगोलासम्म सडक कालोपत्रेका लागि सहयोग गर्न चीन सरकार इच्छुक रहेको तिब्बतका तर्फबाट सहभागी स्थानीय पदाधिकारीले उल्लेख गर्नुभएको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष अध्यक्ष राजन लिम्बूले बताउनुभयो ।
कोरोना महामारीपछि बन्द भएको टिपताला नाका हालसम्म पनि नखुलेका कारण करिब चार वर्षयता दुई देशबीच हुँदैआएको सीमा व्यापार ठप्प भएको छ ।

तस्बिरः विवस केदम÷फक्ताङलुङ दर्पण

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo