वैशाख ४ गते २०८२
06:42: PM
वैशाख ४ गते २०८२
06:42: PM

आम्दानीको स्रोत बन्दै अल्लो(फोटो फिचर)

मंसिर २ गते २०८०
8:21 am
Author Avatar
फक्ताङलुङ दर्पण

तस्बिर/ रमेश राई

ताप्लेजुङ ः ग्रामिण क्षेत्रमा ठूलो सिस्नो, लेकाली सिस्नो, भांग्रे सिस्नो, पुवा जातका नामले चिनिने अल्लो बहुउपयोगी बनस्पति हो । बनस्पतिको नरम मुना, पात, बोक्रा र जराका भागहरू निकै उपयोगी मानिन्छ ।

यसको काण्डको बोक्रा कपडा, डोरी तथा विभिन्न घरायसी सामाग्री निर्माणका लागि प्रयोग हुदै आएको छ ।


अल्लोको कलिला मुना सागको रूपमा तरकारी खान प्रयोग गरिन्छ । यो वनस्पतिको पात टाउको तथा शरिर दुखेको, ज्वरो, क्षयरोग र पिसाबको गडबडीको लागि अचुक औषधीको रुपमा लिने गरिन्छ ।

यस्तै यसको जराको रस मधुमेहका बिरामीका लागि अति नै उपयोगि मान्ने मानिन्छ ।

यता तन्त्रमन्त्र धारीहरुले डमरु बनाउँदा पनि अल्लोको धागो प्रयोग गर्दछन् ।
परम्परागत रुपमा जनजातिहरूले भाङ्ग्रा, नाम्ला, थैला आदि बनाउन मात्र प्रयोग हुने गरेको अल्लोको परिभाषा अहिले परिवर्तन भएको छ ।

जङ्गलमा पाइने अल्लो सङ्कलन गरेर अहिले आधुनिक प्रयोगमा आउने धागोका साथै त्यसबाट विभिन्न किसिमका कपडा उत्पादन हुन थालेको छ ।

करिव १५ सयदेखि ३ हजार मिटरसम्मको उचाईका जंगलमा पाइने अल्लोको प्रयोग हिजो आज नेपालका कार्पेट उद्योगहरूले पनि गर्न थालेका छन् । अल्लोका कपडा देश विदेशमा माग बढ्दै गएको छ ।


ताप्लेजुङका उच्च पहाडी क्षेत्रहरुमा प्रशस्त मात्रामा पाइने अल्लोको सदुपयोग हुन थालेको छ । जङ्गलमा पाइने अल्लो स्थानीय बासीन्दाको आय आर्जनको भरपर्दो श्रोत बन्दै गएको छ । स्थानीय महिलाहरुको आम्दानीको स्रोत बढाउँन र स्वरोजगार बन्नका लागि अल्लो सम्बन्धि ताप्लेजुङमा तालिमहरु सञ्चालन हुदै आएको छ ।

अहिले हिमाली संरक्षण मञ्च ताप्लेजुङको आयोजना, फुङ्लिङ नगरपालिका—१० वडाको समन्वय तथा रेड पाण्ड नेटवक,फुङ्लिङ नगरपालिका र घरेलु तथा साना उद्योग ताप्लेजुङको आर्थिक सहयोगमा दुई महिने अल्लो प्रशोधन तथा कपडा बुनाई तालिम सञ्चालन हुदै आएको छ ।

फुङ्लिङ नगरपालिका—१० फुरुम्बु गाउँका महिलाहरुलाई आत्म निर्भर बनाउनुउने उदेश्यले तालिम सञ्चालन गरिएको हिमाली संरक्षण मंञ्चले जनाएको छ । तालिममा १७ जना महिलाहरु सहभागि हुनुभएका छन् ।

उहाँहरुलाई तालिम पछि पनि ब्यवसायिक बनाउन लागि फुङ्लिङ नगरपालिकाले सहयोग गर्ने फुङ्लिङ नगरपालिकाका नगर उप प्रमुख भिमादेवी ओझाले बताउनुभयो ।

अल्लोको उत्पादनलाई ब्यवसायिक बनाउन सके ताप्लेजुङको मौलिक उत्पादनको रुपमा विश्वभर पठाउन सकिने ओझाले बताउनुभयो ।


भांग्रा, कोट लगायतका सामाग्री बनाउन मात्र प्रयोग गर्ने अल्लोबाट हिजो आज झोला, गलबन्दी, जुत्ता, चप्पल, कोट, पाइन्ट, जुहारी कोट लगायतका सामान बन्ने गरेका छन् । अल्लोको माग राम्रंो रहेपनि माग भए अनुसार उत्पादन हुन सकेको छैन ।


अल्लोको प्रचुर संभावना भएकोले अल्लोको उद्योग स्थापना आवश्यक रहेको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका कार्यालय नि.प्रमुख प्रमुख युवराज र्घोसाईले बताउनुभयो । अहिले ताप्लेजुङका अल्लो उद्यमीहरुले राम्रो आयआर्जन गर्दै आएको र्घोसाइले बताउनुभयो ।

पछिल्लो समय स्थानीयस्तरबाटै अल्लोको क्षेत्रमा काम गर्ने प्रस्ताव आउन थालेको उद्योग कार्यालयले जनाएको छ । अल्लोबाट उत्पादन हुने कपडा विदेशीहरुले पनि मन पराएकाले विदेशसमेत निर्यात हुने गरेको छ ।

अल्लोका सामान स्वदेशमै पनि धेरै नै खपत हुने अल्लो उद्यमीहरुको भनाइरहेको छ । जाडो याममा न्यानो र गर्मीमा चिसो हुने अल्लोको कपडाको माग बढ्दो छ ।

हाम्रा गाउँघरमा त्यतिकै खेर गएको अल्लोलाई प्रशोधन गरी उद्योग नै सञ्चालन गर्न सके यसको प्रबद्र्धन भई रोजगारीको अवसर सिर्जना हुने मात्र होइन, आर्थिक उपार्जन समेत गर्न सकिने हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो ।


व्यावसायिकरुपमा अल्लोको कपडा उत्पादन गर्नका लागि कचा पदार्थको आवश्यक पर्दछ । अहिले भने जंगलहरुमा प्राय पाईन्छ ।

तर वन जंगलको अल्लोलाई संरक्षण गर्दै व्यावसायिकरुपमा अल्लो खेती गर्न उद्यमीहरुलाई तालिम आवश्यक प्राविधिक सहयोग गर्ने समेत हिमाली संरक्षण मंञ्चको योजना रहेको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo