ताप्लेजुङः अध्ययन, रोजगार तथा विभिन्न कामको सिलसिलामा बजार झरेकाहरू गाउँ फर्किर दसैँ मनाएका थियो । सहरबाट गाउँ फर्केर गाउँ पुगे पछि गाउँ घरमा दशैँ चहलपहल राम्रो रहयो । दसैँसकिएसंगै दसैँ मान्न सहर देखि गाउँ गाउँमा पुगेकहरु फेरी सहर झर्न थालेसंगै गाउँघरमा दसैँको समयमा भएको जहलपहल विस्तरै सुनसान हुदै गएको छ ।
गाउँ घर सुनसान हुदै गएको छ । बजारमा पहिलेको जस्तै जहलपहल बढ्दै गएको छ इटहरी देखि धन कुमार लिम्बू गाउँमा बस्नुभएका आमा बुवासंग दसैँ मनाउन लिम्बू आफ्नो परिवार लिएर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ डाँडा टोल रहेको घरमा फूलपातीका दिन आइपुग्नुभएको थियो । लिम्बूका छुटिएर बसेका सबै परिवार एक भए दसैँ मनाउनुभयो । दसैँ सकिए लगत्तै आफ्नो परिवार लिएर सुनसरीको इटहरी झरी सक्नुभयो । घरमा बुवा आमाले अगानमा निस्किएर राम्ररी जानु है ! भन्नुबाहेक अरु बोल्न सक्नुभएन ।
दसैँ मान्न घर पुगेका फक्ताङलुङ गाउँपालिका—५ हेल्लोकका राजेन्द्र कोहिवा दसैँको अन्तिम दिन घरको आगन देखि नै गाडी चडेर रामेछाप जिल्ला प्रस्थान गर्नु भयो । गाडीको झालबाट घरमा रहने श्रीमती,छोरीलाई हात हल्लाइदिदै मन अमिलो पार्दै आफ्नो गन्तब्य रामेछाप प्रस्थान गर्नु भयो । कोहिवा रामेछाप जिल्लामा नेपाल प्रहरीमा कार्यरत हुनुन्छ । माया लिम्बू दसैँमा आफ्नो बुवा आमा र गाउँघरमा आफ्ना आफन्त भेट्न दसैँमा धरान देखि मेरिङदेन गाउँपालिका—६ नाब्बु आई पुग्नुभयो । लामो समयमा उहाँ गाउँ आइपुग्नुभएको हो । गाउँमा आफ्ना आफन्तहरुसंग दसैँ मनाएर आइतवार(आज) गाउँ छोडेर धरान प्रस्थान गर्नु भयो ।
यी तीन धन बहादुर लिम्बू,राजेन्द्र कोहिवा र माया लिम्बू एक प्रतिनिधि मात्र हुन । यति खेर गाउँ घर सुनसान हुदै गएको छ । व्यापार व्यावसाय गर्ने तथा रोजगारी गर्नेहरु गाउँ छोडेर सरह झर्न थालेका छन् । गाउँ देखि सरह झर्ना लर्कोले बस पार्कहरुमा निकै भिडभाड बढेको छ । गाउँमा रहने बुवा आमाहरुका मन विरत्त चालेको छ ।
गाउँमा दसँैमा निकै चहलपहल बढेको थियो भने बजार सुनासन जस्तै बनेको थियो । ताप्लेजुङमा ग्रामीण क्षेत्र दसैँ, तिहारबाहेक अन्य समय सुनसान नै हुन्छन् । स्थानीयवासीको बढ्दो सहर मोह र युवा शक्तिको विदेश पलायनले गाउँ पहिलेको जति रमाइलो छैन । खासगरी पछिल्लो समय गाउँमा बुढापाका र बालबालिका मात्रै बस्ने गरेका छन् । उहाँहरुले नै गाउँ धानेका छन् ।
काठमाडौं,धरान,झपा लगायत शहर देखि दशैँ मान्न ताप्लेजुङका ग्रामिण बस्तिहरुमा पुगेकेर गाउँको चहलपहर बढाएको थियो । सहर देखि दशैँ मान्न आउँने आफ्न्तहरुलाई गाउँमा राम्रो सम्मान गर्ने गर्दछन् । शहरमा बस्नेहरुले धेरै कुरा बुझेको र सिकेको हुन्छ, सोचले सम्मान गरेको हो ।
एक दशक अगाडिसम्म गाउँ भरिभराउ थियो तर अहिले गाउँका घर प्राय खाली भए पनि दशैँमा भने गाउँ घरको खाली घरमा आगो बल्ने गर्दछ । दसैँमा बजारमा गोठा तथा घर भाडामा लिएर बस्ने यतिबेला आफ्नै जन्मभूमिमा पुग्ने गर्दछन् । तर तिहारमा भने प्रायः गाउँ जानदैन । सुख, सयल र विलाशिताको जीवन बिताउन बजार झरेकालाई पनि दसैँमा भने गाउँ पुग्ने गर्दछ । जिल्ला सदरमुकाम फुङ्लिङ बजारसहित अन्य बजार विस्तारै चहलपह बढ्दै गएको छ ।
घटस्थापनाका दिनदेखि सहर बजारमा रहेका र विदेशमा गएर पनि गाउँ आनुभएको थियो । दशैँ किएसंगै पुनःगाउँ सुनासन जस्तै हुदै गएको फक्ताङलुङ गाउँपालिका—६ का मेघबीर लिम्बूले बताउनुभयो । चाडपर्वले टाढा रहेका आफन्त तथा इष्टमित्रलाई नजिक बनाउनका साथै आत्मियता पनि बढाउँछ । अहिलेका चाडबाडमा पहिलेको जस्तो रमाइलो र मौलिकमता नभएको भन्दै धेरैले पश्चिमा संस्कृतिको सिको गर्न थालेका छन् । लिम्बूले भन्नुभयो “सधँैभरि गाउँमै बसेर कस्तो रमाइलो हुँदो हो ?, अहिले गाउँमा आएका केही रहेका पनि तिहार मनाएर सहर नै पस्छन् ।”
दशैं तिहार पर्वसंगै थुप्रै भावना र स्मृतिहरू जोडिएका हुन्छन् । दशैं भन्नेबितिक्कै धेरैको मनमा उमङ्ग र मुहारमा उज्यालो छाउँछ । जो काही आफ्नो बालापन सम्झिन पुग्छ । दशैँमा लिङ्गे पिङ खेलेको र तिहारमा रागो बालेर देउँशी लेखेले मनसपटलमा एक आकृती बन्छ ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
