ज्ञानु फुरुम्बो (चरपे) लिम्बू/युके
बिगत झै राष्ट्रिय बिभुति मुहिङगुम अङसिमाङ महागुरु फाल्गुनन्द लिङदेनको १३९ जन्मजयन्ती कार्यक्रम बेलायतको स्वडेनमा हुने भएको छ । ११ नोभेम्बर २०२३ हुने मुहिङगुम अङसिमाङ राष्ट्रिय बिभुति महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजन कार्यक्रम आयोजन गर्नभएको हो ।
राष्ट्रिय बिभुति मुहिङगुम अङसिमाङ महागुरु फाल्गुनन्द लिङदेनलाई स्मरण गर्दै प्रत्येक बर्ष कात्तिक २५ गतेका दिन स्वदेश बिदेश समेत विभिन्न कार्याक्रमका साथ भब्य रुपमा जन्मजयन्ती कार्यक्रम मान्दै आएको छ । यता युकेमा ११ नोभेम्बर २०२३ मा हुन गईरहेको छ । कार्यक्रम विशेष भएकोले बेलायत क्षेत्रमा बसो बास गर्ने किराँत धर्मलबम्वी लगायत अन्य शुभचिन्तक महानुभावहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ ।
गत बर्ष युकेको आस्फोर्ड केन्टमा रहेको साईमन सभाहलमा कार्यक्रम भएको थियो । यस वर्ष पनि यसै ठाउमा आयोजना गर्ने समितिको निर्णय भएको थियो । तर तिहारको विभिन्न कार्यक्रमका कारणले सभाहल सबै अग्रिम बुकिङ भईसकेकाले १३९ ओै महागुरु फल्गुन्द लिङदेनको जन्मजयन्ती कार्यक्रम स्वडेनमा हुने किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष राजेन्द्रखिम्दिङले जानकारी गराउनु भएको छ ।
खिम्दिङका अनुसार युकेमा हुने राष्ट्रिय बिभुति मुहिङगुम अङसिमाङ महागुरु फाल्गुनन्द लिङदेनज्युको जन्मजयन्ती कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न राजदुत लगायत स्थानीय मेयर प्रतिनिधीहरु उपस्थितहुने छ ।
लिङदेन महान युग पुरुष महामानव
अहिंसाबादी,सत्यबादी बिश्वशान्तिका उदघोषक सम्वाहक भएको कारणले उहाँको जन्मजयन्ती धार्मिक गतिबिधि सहित मान्ने गरिन्छ । युके भरि छरिएर बसेका माङसेवा साबा,माङसेवासामाहरुको उपस्थितिमा किरात साम्जीक मुन्धुम बाचन गरेर विश्व शान्तिमानव एकता चराचर,जगत शान्तीको कामना गर्ने गरिन्छ भने मुन्धुम अनुसार गर्नु पर्ने कर्म ,संस्कारहरु सबै गर्ने गरिन्छ ,कुदाम,कुहिक सेवा ,अक्वामा,युमाथेबा चासेक सेवा कर्महरु अनिवार्यता हुने माङसेवासाबा संयोजक साब्दाङगेन्न वरुम साबा माङसेवा साबा मंगल सिं लिङदेनले बताउनुभयो ।
२००९ सालमा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समित युके संस्था स्थापन भए यता निरन्तर बेलायतको बिभिन्न ठाउँमा महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्ती भब्य र सभ्य रुपमा कार्यक्रमहरु गर्दै आएको किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युके सहकोषध्यक्ष केवाहाङ चेम्जोङ बताउनुभयो ।
यो कार्यक्रम अति महत्वपुर्ण भएको हुदाँ विभिन्न स्थानमा बसोबास गर्ने किरात धर्मलबम्वी भक्तजनहरु उत्साहका साथ सहभागी हुने साथै कार्यक्रमलाई सफता पुर्वक सम्पन्न गर्न माङ हुक्वा फुलपाती अक्षता सहित सेवा कार्यक्रममा उपस्थित हुने गरेको किरात धर्म साहित्य उत्थान राष्ट्रिय समिति युकेका कोषध्यक्ष हर्क आङदेम्बेले जानकारी दिनुभएको छ । आङदेम्बेका अनुसार किरात धर्मलवम्बीहरु हरेक स्थानमा उपस्थिति रहेको हुदाँ हरेक बर्ष समय र परिस्थिति अनुसार कार्यक्रम स्थल परिबर्तन गर्दै कार्यक्रम गर्दै आएको छ ।
आगामी कार्यक्रमलाई केही रोचक आक्रर्षक बनाउन मौलिक नृत्य युमालाङ,थेवा,माङलाङ समेत प्रस्तुत गरिने कलाकार संयोजक किरात साम्यो साक्थिङगेन्न पान्जुभो युकेमा अध्यक्ष निर्मल पतङवा बताउनुभयो । राष्ट्रिय बिभुती मुहिङगुम अङसिमाङ महागुरु फाल्गुन्द लिङदेन बि.स. १९४२ साल कार्तिक २५ गते आइतबार इलामको माङसेबुङ गाउपालिका ३ न. वडा चुक्चिनाम्बामा जन्मनु भएको थियो । उहाँ आजीवन अबिवाहित रहेर ध्यान,ज्ञान,जपतप,सेवा भक्तिमा लिन हुनु भयो । समाजमा भएका बिकृति,बिसंगती हटाउन महत्वपुर्ण भुमिका खेल्नुभएको थियो ।
हिन्दु धर्मका कटर सासक शाह र राणाहरुको जहानिय शासनसंग पैठे जोडी खेल्दै भाषा,लिपि,धर्म,संस्कार,सास्कृतिक, संरक्षण गर्नु भएको थियो । किरात याक्थुङ लिम्बू समाजमा भएको कुनिति,कुसंस्कार,कुबाटोमा हिडेका समाज,समुदायलाई सहिमार्ग देखाउन १९८८ साल बैशाख २४ गतेका दिन पान्थरको लोब्रेकुटी माङहिममा दस लिम्बुवान १७ थुमका गन्यमन्य भद्रभलादमी भेला गरि ७ बुदेँ सत्य धर्म मुचुल्का गर्नु भयो ।
भाषा,लिपी,मुन्धुम पढाउने सिकाउने देखि लिएर माङसेवा गर्न तिर्थ व्रत गर्न समेत सिकाउनु भो । यस्ता महान कार्य गर्दा गर्दै बि.स.२००५ साल चैत्र २२ गतेका दिन भौतिक नजर बिस्रम गर्नु भयो । तर उहाले दिनु भएको महा मार्ग दर्शन भने अमर रहेको छ । उहाँलाई महान युगपुरुष महान समाज सुधारक साथै उहीँ तागेरा निङवाभु माङ युमामाङको रुप भनी पुज्ने गरिन्छ ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
