वैशाख ४ गते २०८२
05:07: PM
वैशाख ४ गते २०८२
05:07: PM

दशैँ तिहार लिङ्गे पिङ

कार्तिक ९ गते २०८०
5:24 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङः दशैं तिहार पर्वसंगै थुप्रै भावना र स्मृतिहरू जोडिएका हुन्छन् । दशैं भन्नेबितिक्कै धेरैको मनमा उमङ्ग र मुहारमा उज्यालो छाउँछ । जो काही आफ्नो बालापन सम्झिन पुग्छ । दशैँमा लिङ्गे पिङ खेलेको र तिहारमा रागो बालेर देउँशी लेखेले मनसपटलमा एक आकृती बन्छ ।

दशैँ र तिहारमा मनोरञ्जन लिने एउटा माध्यम हो, लिङ्गे पिङ । लिङ्गे पिङ विशेष गरेर दशैँको घटस्थापनामा राखिन्छ र तिहारसम्म रहन्छ । छ÷सात वर्ष अघिसम्म पनि दशैँ र तिहारमा शहरको खुला ठाँउदेखि लिएर गाउँका टोल टोलका पैदल मार्ग, धारा–कुवा, पाटी–पौवा, चौतारा, मठमन्दिर जस्ता सार्वजनिक ठाउँमा राखिएका लिङ्गे पिङमा रमाउनेको घुइँचो देखिन्थ्यो ।

केटाकेटी मात्र नभइ बूढापाकाहरु पनि ‘वर्षमा एक पटक धर्ती छोड्नुपर्छ’ भन्दै पिङमा मच्चिने गर्दथे । टोलटोलमा पिङ राख्नेहरुबीच प्रतिस्पर्धा नै हुन्थ्यो । दशैँ आउनुअघि टोलटोलका युवाहरु सल्लाह गरेर पिङ राख्ने चलन थियो । तर पछिल्लो समय पिङ राख्ने चलन हराउँदै जाँदा लिङ्गे पिङ लोप हुँदै गएको छ ।

तर पछिल्लो समयको दशैँमा शहर र बस्तीका एकाध ठाउँमा मत्र लिङ्गे पिङ राखिएको देख्न सक्निछ । बारीमा कोदो फुल्न र खेतमा धानका बाला झुल्न थालेसँगै टोलटोलमा राखिएको लिङ्गे पिङमा बेस्सरी मच्चिएर रमाइलो गरी दशैँ मनाउने चलन लोप हुँदै गएको छ ।

टोलटोलका युवाहरुको सक्रियतामा राखिने लिङ्गे पिङ पछिल्लो समय लोप हुनुको पछाडि युवाहरुको पलायन प्रमुख कारण रहेको फक्ताङलुङ गाउँपालिका—६ सन्तकुमार लिम्बूले भनाइ छ । गाउँका धेरै युवाहरु विदेश पलायन भएका छन्, बूढापाका र केटाकेटीले पिङ राख्न सक्दैनन् । त्यसले पनि दशैँमा रमाइलो गर्ने माध्यम पिङ लोप हुँदै गएको छ । दुई–चार वर्ष अघिसम्म गाउँका टोलैपिच्छे पिङ राख्ने चलन थियो तर अहिले एक ठाँउमा पनि पिङ नराखिएको लिम्बूले बताउनुभयो ।

युवा वर्गको विदेश पलायन र नयाँ पुस्ताले संरक्षणमा जोड नदिँदा पनि पुराना चालचलनहरु लोप हुँदै गएको होे । यस्ता मौलिक संस्कृतिसँग जोडिएका सम्पत्तिको संरक्षणमा युवा वर्गले चासो दिनुपर्ने उहाँको भनाइ छ । लिङ्गे पिङको संरक्षण सम्वर्द्धन र प्रवर्द्धन गर्नका लागि ताप्लेजुङमा अवस्थित नेपाली सेनाका भिमकाली गुल्मले भने प्रत्येक वर्ष लिङ्गे पिङ राख्दै आएको छ । दशैँ देखि तिहार सम्म सर्वसाधरणका लागि समेत खुल्ला गरिएको गुल्मका सञ्चार विभागका हवल्दार दिपक नेपालले बताउनुभयो ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo