फुङ्लिङःः ताप्लेजुङ जिल्लामा अवस्थित फक्ताङलुङ(कुभ्भकर्ण) हिमाल सफल आरोहण गरिएको छ । तीन अमेरिकन नागरिकले गत सनिवार सफल अरोहण गरेको हो । कुम्भकर्ण हिमाल विश्वको ३२औँ अग्लो र नेपालको १५ औं अग्लो हिमाल हो । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा क्षेत्रमा रहेको ७७१० मिटर उचाइको(कुम्भकर्ण) हिमाल तीन अमेरिकन नागरिकले सफल आरोहण गरिएको हो । कुम्भकर्ण आरोहण गर्न गएका ग्रान्ड हिमालय ट्रेक्स एन्ड एक्सपिडिसनबाट गएका एलन प्याट्रिक, माइकल ओरियन गार्डनर र ज्याक्सन मिलर मार्भलले उक्त हिमालको सफल आरोहण गरेको कम्पनीका म्यानेजर ओङमु शेर्पाले बताउनुभयो । आरोहणका लागि गएका सबै अमेरिकी नागरिक भएको र अमेरिकाका नागरिकले यो हिमालको पहिलोपटक आरोहण गरेको शेर्पाले दावी गर्नुभयो । नेपाली समय अनुसार शनिबार बिहान ४ बजेर २० मिनेटमा आरोहण गरेको हो । किरात धर्मावलम्बीहरुको पवित्रस्थल ‘फक्ताङलुङ’ समेतको नामले चिनिने गर्दछ । यसअघि दुई पटकका प्रयास सफल नभएकाहरु नै आएर आरोहण गरेको शेर्पाले बताउनुभयो । कुम्भकर्ण हिमाल पहिलो पटक सन् १९६२मा एक फ्रान्सेली टोलीले आरोहण गरेको थियो ।…