वैशाख ४ गते २०८२
04:30: PM
वैशाख ४ गते २०८२
04:30: PM

पाथीभरा जाने सडकः ठेक्का समझांैंता समय सकिदै, प्रगति भने निशाजनक

असाेज २० गते २०८०
6:58 am
Author Avatar
फक्ताङलुङ दर्पण

वार्षिक लाखौँ तीर्थयात्री आवतजावत हुने ताप्लेजुङको पाथीभरा सडकको सुकेटारदेखि काफ्ले पाटीसम्मको कालोपत्रे गर्ने कामको ठेक्का लागेको दुई वर्ष बितिसकेको छ । ठेक्का लागेको दुई वर्षसम्म पनि कामको प्रगति आशाजनक छैन ।

पाथीभरा जाने बाटो गुप्ते क्षेत्रमा निर्माण कम्पनीका आवश्यक मेशिनहरु खियालागरे बेवारिसे जस्तै जो कोहिले देख्न सकिन्छ । पाथीभरा दर्शन गर्न जाने तीर्थयात्रीहरुको सास्ती उस्तै छ । कालोपत्रे हुने सडको स्तरउन्नती खासै भएको देखिन्दैन । ठेक्का समझौंत समय अवधि सकिन अब ८ महिना मात्र छ, तर अहिले सम्म प्रगती भने ११ प्रतिशत मात्र भएको छ । दुई वर्ष ६ महिनामा सक्ने गरी काठमाडौंको कन्टेक प्रा.लि.ले कालोपत्रे गर्ने कामको ठेक्का लिएको थियो । कन्टेकसँग २०७८ पुस ११ गते सुकेटारदेखि काफ्ले पाटीसम्मको १० किलोमिटर कालोपत्रे गर्ने ठेक्का सम्झौता भएको थियो । ९५ करोडको ठेक्का खुलेकोमा कन्टेकले ४१ करोड ७६ लाख ४७ हजार अर्थात् ४६ प्रतिशत घटीमा ठेक्का पारेको थियो । ०८१ सालको जेठ मसान्तसम्ममा काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । सोअनुसार हालसम्म करिब ७० प्रतिशत काम सकिसक्नुपर्ने भए पनि ११ प्रतिशत पनि नभएको ताप्लेजुङ उत्तर दक्षिण ओलाङचुङगोला सडकका सव इन्जिनियर यहोसु लिम्बूले बताउनुभयो ।
कामका लागि जति ताकेता गरे पनि ठेकेदार कम्पनीले अटेर गरेर काममा ध्यान नदिएको सडक लिम्बूले बताउनुभयो । सडकको काम समयमै सकिने सम्भावना ज्यादै न्यून रहेको उहाँको भनाइ छ ।
सडक कालोपत्रे गर्नका लागि आवश्यक कच्चा पदार्थ ढुङ्गा,गिटी र बालुवा समस्या भएको कामले गति लिन नसकेको निर्माण कम्पनी कन्टेक प्रा.लि.का इन्जिनियर मदन कत्यादले बताउनुभयो । उहाँले भन्नुयो“बालुवा यहाँ नजिकै पाइन्दैन । काबेली देखि ल्याउँनु पर्छ । दिन टिफरले दुखले दुई पटक मात्र ल्याइपुर्याउछ । ढुङ्गा पनि यस क्षेत्रमा पाइन्दैन त्यसेले अपेक्षा गरे जस्ता काम हुन सकेको छैन ।”
ठेक्कादारले काम नगर्दा पाथीभरा जाने सडक कालोपत्रे नहुने स्थितिमा पुगेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देश मनमणि काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो“निर्माण कम्पनीका प्रर्वन्धक,सडक विभागका निर्देशक र सरोकारवलाहरुसंगै छलफल गर्ने योजना भएको थियो, तर हुन सकेन । अब यहि आउँदो १४ गते बस्ने योजना भएको छ ।” समय अवधि सकिन लाग्दा समेत प्रगती ११ प्रतिशत मात्र भएकाले ताप्लेजुङबासी भने निराश भएका छन् ।
पाथीभरा जाने सडकअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि सुकेटार विमानस्थलसम्म आठ किलोमिटर दूरी भने विगतमै कालोपत्र बनेको छ । पाथीभरा जाने सडक कालोपत्र भएपछि पाथीभरामा पूजापाठ गर्न आउने तीर्थयात्रीको संख्या बढ्ने पाभीभरा क्षेत्र विकास समितिले अपेक्षा लिएको थियो । अहिले वार्षिक रुपमा तीन लाखको हाराहारीमा तीर्थयात्रीहरु पाथीभरामा आउने र दर्शन तथा पूजापाठ गर्ने गरेका छन् । सुकेटारदेखि काफ्ले पाटीसम्म सडक कालोपत्र भएमा करिब ३५ प्रतिशत तीर्थयात्रीको संख्या वृद्धि हुने पाथीभरा क्षेत्र विकास समितिले अपेक्षा राखेको थियो । हाल कच्ची सडक भएका कारण सुकेटारदेखि उता जुनसुकै सवारीसाधन नजाने हुँदा तीर्थयात्रीको तीर्थयात्रा सकसपूर्ण रहँदै आएको छ । तीर्थयात्री आफैँले लिएर आएको सानो गाडी कच्ची सडकमा नजाने हुँदा सुकेटारदेखि यहाँका स्थानीयवासी गाडीमा जानुपर्ने अवस्था रहेकाले तीर्थयात्रीले निकै सास्ती खेप्दै आएका छन् ।
यता पाथीभारा क्षेत्रको कालोपत्र भएपछि जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक तथा तीर्थयात्रीको संख्या वृद्धि हुने र यसले समग्र जिल्लाको आम्दानीसमेत बढ्ने होटेल व्यवसायीहरुको अपेक्षा थियो । तर सडक कालोपत्रे गर्ने योजनाले गति लिन नसकेसंगै जिल्लाबासी निराशा बनेका छन् ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo