वैशाख ४ गते २०८२
03:14: PM
वैशाख ४ गते २०८२
03:14: PM

सामाजिक रुपान्तरण स्वभाविक प्रकृया कि बाध्यता ?

असाेज १० गते २०८०
11:27 am
Author Avatar
फक्ताङलुङ दर्पण

विवश लिम्बू/बतासे(ताप्लेजुङ)
मकै, कोदो, गहँु आलु खेती, र पशुपालनजीविकाको मुख्यआधार रहेको पहाडीगाउँहरुमाधनीमानीकुनै बेलाघोडाचढ्थे भने सामान्यजनखालीखुट्टा पैदलआवतजावतगर्थे । सदरमुकाम देखि नुनचामललत्ताकपडालगायतआवश्यक सामानमान्छे ले बोकेर पु¥याइन्थ्यो । घोडाको ठाउँ अब ‘सुमो, बोलेरो वामोटरसाइकल’हरूले लिएकाछन् । सामान्यजन सार्वजनिकयातायातका साधनमार्फत आवतजावतगर्न थालेका छन् । कुनैबेलाभारि बोकेर जिविकोपार्जन गर्ने सर्वसाधारणको ठाउँ ट्याक्टरले लिएको छ । गाउँगाउँमा सडक सञ्जाल फैलिएको छ ।
स्थायीआम्दानीको स्रोतको सीमितताले गर्दा उच्चहुननसक्ने तर नगदकमाइको नियमितताले गर्दा निम्नस्तरमाबाँच्नगाह्रो मान्ने मध्यमवर्गले प्रयोग गर्ने यातायातका साधनमाआएको परिवर्तनले भने समग्र समाजको अर्थ–राजनीतिलाई एक हदसम्मप्रतिबिम्बितगर्ने रहेछ । कृषिमाआधारितविप्रेषणनिर्भर सामाजिक अर्थतन्त्रकाजटिलता कोट्याउन सहज छैन । सडक सञ्जालगाउँगाउँमाजोडिए सँगै सार्वजनिक सवारीसाधनथपिँदै गए । हिलाम्मे सडकभएपनियात्रा र मालसामानबोक्न बढी सहजभइरहेको छ । हिजोआजकम्तीमा सुक्खामौसममा सबैजसो गाउँसम्मगाडीमापुग्न सकिन्छ । गाउँकागल्लीपनि कृषि सडकले जोडिएको छ  । प्रारम्भिकलगानीपछिको चालु खर्च अपेक्षाकृत भाडादर सुपथ नै पर्न आउँछ । सवारीका सहयात्रीसँगगफगाफ गरेर थपप्रयोजनविहीनजानकारी बटुल्नभ्याउँछन् ।
सन् १९९० को दशकसम्मगाउँतिरका धेरैजसो घर खरका हुन्थे । केहीछाना‘तख्ता’ ले छाइएको हुन्थ्यो । नगदीकमाइहुनेहरूदुई तले ‘घर’ सगैँ मतानपनिबनाउँथे । शौचालयको खासै चलनथिएन । दशवर्षे जनयुद्धको वरिपरि गाउँकाधनीमानी हरु लगभगगाँउबाटविस्थापितहुनपुगे । विरोधाभासीजस्तो सुनिएपनि सम्भ्रान्तहरूको पलायनपछिकागाउँभने उजाडहुनुको सट्टाझनै गुलजार देखिनथाले । पछिल्लो समय भने गाउँका सबै घरहरु टिनले छाइएको छ ।कतिपयधनीवर्गले गाउँमै पनिपक्कीघर बनाउन सुरु गरिसकेका छन ।
मकैको ‘थाङ्ग्रा’ हराउनथालिसक्यो । जब किसानले मकै पाकेपछिबारीबाट घरमाल्याउथ्यो तव घरमा राख्ने ठाउँ साघुँरो हुन्थ्यो आगनमा मकैको थाङ्ग्रो ठडाइन्थ्यो । अचेल तिनको ठाउँनवनिर्मित पक्कीशौचालयले लिनथालेको छ । कोदो सुरक्षित राख्ने ‘भखारी’गायबहुँदै गएको छ । तर मोटरसाइकल सुरक्षित राख्ने ठाउँजताततै देखिनथालिएको छ । बाटोमाकुनै बेलाभारि ओसार पसार गर्न खच्चडहरुको भिडहुन्थ्यो । तिनहरूलाईट्रयाक्टरले विस्थापितगरिसकेको छ । हप्तौँ दिनलगाएर जंगलमादाउरा चिरेर दाउराको रास थुपारेर इन्धनको जोहो गर्ने कुनै बेलाको गरिबीकाबाध्यताहरू अब एकादेशको कथाजस्तो लाग्नथालेका छन् । घर घरमाग्यास चुलो र विद्युतियचुलोले तिदाउराको रासहरुलाइविस्थापित गराइरहेको छ । कम्मरमाथिजीउमालुगाको टुक्रासम्मनदेखिने, दशौँ ठाउँच्यातिएको कपडाटालेर लुगालगाउने बालकहरू विद्यालयजादै गरेको कतै–कतै अहिले पनिनदेखिने होइन । तर कालो पाइन्टवा स्कर्टमाथिनिलो कमिज र नीलो टाई झुन्ड्याएर स्कुलजानलागेका केटाकेटीहरूको संख्यात्यसभन्दा धेरै बढी छ ।
कम्युनिष्टभाषामा ‘क्रान्ति’भनौ वा पुँजीवादीहरूको‘क्रमिक परिवर्तन’ । जुन सुकै शब्दावलीप्रयोग गरे पनि‘सामाजिकरूपान्तरण’हाम्रो समाजमाव्यापकभइरहेको छ । रूपान्तरणअवधारणामाएकातिर प्रगतिएवं परिवर्तनको गति छ भने अर्कोतिर विकास एवं आधुनिकीकरणसँगै क्रान्तिको दिशापनिअन्तर्निहित छ । उच्चवर्गलाई विकास मन पर्छ । त्यो किनभने आधुनिकीकरणले यथास्थितिलाई ठाडो चुनौतीदिँदैन । मध्यमवर्गको छनोटमाप्रगतिपर्छ । आकांक्षी सम्भ्रान्तकालागिक्रमिक परिवर्तनले यथेष्टठाउँप्रदानगर्दछ । रूपान्तरणलाई सामान्यतयाअधीनस्थजमातको दृष्टिकोणबाट स्थानीय परिप्रेक्ष्यमा हेर्न बढीउपयुक्तहुन्छ । सम्भ्रान्त समूहको चिन्ता र चासो बाह्यरूपप्रतिबढी केन्द्रितहुनुलाई पनि स्वाभाविक नै मान्नुपर्छ । तर विप्रेषण अर्थतन्त्रले मधेशको सामाजिक अर्थतन्त्रमाउथलपुथलल्याएको कुरालाई बेवास्तागर्न सम्भव छैन । आधुनिकीकरणको त्यस प्रवाहलाईरूपान्तरणउन्मुख गराउनभने सहज देखिँदैन ।
अन्नआयातबढ्यो । खेती योग्यजमिनहरु बाँझो भएकाछन । कुनै समय यहाँकाबारीहरुमा मकै , कोलो , आलु , जौँ गहुँलगायतकाअन्नहरु प्रसस्तउत्पादनगरिन्थ्यो । खेतबारीमाकामगर्ने श्रमिकले ज्यालापनिजिन्सीमै पाउँथे । नगद कारोवार न्यूनहुन्थ्यो । त्यसैले पसलपनिकमथिए । तर अचेलचोकचोकमा रक्सीपसलखुलेका छन् । रम वियरका बोतल,चाउचाउको प्याकेट, तथाआवश्यक सामानहरु स्थानियपसलमा फरफराइरहेका देखिन्छन् । चोक तिर क्यारेमबोर्ड खेलेर समय बिताउने , भलिबल खेलेर बस्ने युवाहरुको जमातआजकलखासै भेटिदैँनन् । तीमध्ये पढ्नेहरू सहरमाछन् भने कमाउनेहरूअरबवियनमुलुकतिर पुगिसकेका छन् । तर हाते फोनबाट‘टिकटक’बनाउने स्थानीय स्कुलका केटीहरू खेतको आली, पोखरीको डिलवा घरतिर प्रशस्त देखिन्छन् ।
युवाहरु बिदेशिएर खेतबारीबाँझो हुनथाल्यो भनेर भनिदैँछ । तर पहाडको कृषिउत्पादनवास्तवमाअलाभकारी रहेको यथार्थलाई बेवास्तागर्न मिल्दैन । यहाँ कृषकले लगानी गरे अनुरुपउत्पादनहुन सक्दैन । यहाँउन्नतजातको बीउबिजनको उपलब्धताशुन्य छ । प्राविधिकज्ञानको अभावछ ।नियमितप्राविधिक सेवाउपलब्ध छैन । रासायनिकमलउपलब्धनहुने याअसमयमामात्रउपलब्धहुने परिस्थिती छ । दशकौंदेखि सिँचाइको पूर्वाधार विस्तारमालगानीबढ्न सकेको छैन । कृषिकर्जामावजारमाबस्ने व्यापारीहरूको हालीमुहाली छ। उत्पादनले उचितमूल्यपाउने बजारको निश्चितता छैन।किसानकालागि कृषिकर्म निर्वाहको माध्यममात्रनभएर ‘खेतीहर धर्म’ समेत मानिने भएकाले मात्रै खेतीकिसानीअहिले सम्मटिकेको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo