वैशाख ४ गते २०८२
03:09: PM
वैशाख ४ गते २०८२
03:09: PM

एक वर्षमा चार हजार भन्दा बढीले लिए राहादानी

असाेज ९ गते २०८०
5:48 pm
Author Avatar
फक्ताङलुङ दर्पण

देबेन्द्र बानिया/ताप्लेजुङ
चालू आर्थिक वर्ष २०७९ साउन १ गते देखि८० को असार मसान्त सम्म एक वर्षको अवधिमा ताप्लेजुङमा ४ हजार एक सय ९९ जनाले राहदानी प्रदान जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ लिएको सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार साउन महिनामा १२२, भाद्र महिनामा ३०८,असोज महिनामा ३०६ ,कार्तिक महिनामा २६४ ,मंसिर महिनामा ३५०, पुस महिनामा २४२ ,माघ महिनामा ४८० ,फागुन महिनामा ४२६,त्यस्तै चैत महिनामा ६१० ,वैशाख महिनामा ३७७ ,जेठ महिनामा ४८९, र असार महिनामा २२५ जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।सबै भन्दा धेरै चैतमा ६१० र सबै भन्दा कम साउन महिनामा १२२ जनाले राहदानी लिएका बताइएको छ। एक वर्षको अवधिमा ताप्लेजुङमा आउँदा प्रति दिन ११.५ जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालयको ताप्लेजुङको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
पछिलो समय स्वदेशमै रोजगार को प्रवर्द्धन हुन नसक्दा युवाहरु बिदेसिने क्रम बढ्दै गएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo