देबेन्द्र बानियाँ/ताप्लेजुङ नेपाली महिलाहरुको प्रमुख पर्व हरितालिका तीजको अवसर पारेर आज ताप्लेजुङ सहित देश भर विभिन्न तीज विशेष तथा सुभकामना कार्यक्रम आदान प्रदान गर्दै मनाइएको छ। सदरमुकाम फुङलिङ स्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा भएको कार्यक्रममा बोल्दै फुङ्लिङ नगरपालिकाकी उप प्रमुख भिमा देवी ओझाले, नेपाल एक बहुधार्मिक बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक देश रहेकाले हरेक धर्म जति, संस्कार संस्कृति झल्किने खालको देश रहेको बताउनु भयो। साथै उहाँले धार्मिक सामाजिक महत्व बोकेको यो पर्वले नेपालीहरुलाई एउटै मालामा बाँध्न सजिलो भएको उप प्रमुखओझाको भनाइ थियो ।
सिदिङवा गाउँपालिका वडा नं ७ सुरूमखिमको बुरुमखिम प्राविमा समेत कार्यक्रम सम्पन्न भएको समावेशी महिला तीज विशेषकी सचिव गोमा बानियाँले जानकारी दिनुभयो।उहाँका अनुसार अहिले पनि धर्मको महत्त्व र आशा नेपाली समाजमा उतिकै रहेको छ।पुराना खालका लोक भाका गीत संगीत मौलिक संस्कार संस्कृति सङ्ग तीज कार्यक्रम सम्पन्न भएको उहाँको भनाइ छ।
यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष रन्जना बानियाँले ,सौभाग्य प्रतीक रातो साडी चुरा पोते गरगहना सहितको धार्मिक परम्परा रहेको उहाँको भनाइ थियो। शिवको पूजा गरेर वर्ष भरीको दुःख बिर्सेर तीजको रौनथमा रमाउँदै गरेको बताउँदै , नेपाली जातजातिको सामाजिक धार्मिक साँस्कृतिक, मौलिक संस्कार संस्कृति आदिले नेपाली समाजमा महत्त्व भूमिका रहेको अध्यक्ष बानियाँको भनाइ थियो।
हरेक वर्ष भाद्र महिनाको शुक्ल एकादशीका दिन हिन्दू धर्मलम्बी, हरुले बिहानै उठेर,घर नजिकै रहेको मन्दिरमा गई शिवको व्रत बसी विवाहित महिलाले आफ्नो पतिको लामो आयु ,दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्छन् भने अविवाहित महिलाले , हुने वाला श्रीमानको , प्रतिक्षा गर्दै लामो आयु दीर्घायु एबम, असल श्रीमानको कामना गर्ने गरेको खेवाङकी,विनु लिम्बू बताउनुभयो ।