वैशाख ५ गते २०८२
10:37: PM
वैशाख ५ गते २०८२
10:37: PM

शिक्षक,चालक र होटल व्यवसायीहरुलाई प्राथमिक स्वास्थ्य तालिम

असाेज १ गते २०८०
2:41 pm
Author Avatar
फक्ताङलुङ दर्पण

विवस केदेम/तापेथोक
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले शिक्षक, एम्बुलेन्स चालक र हिमाली भेगका होटल व्यवसायीहहरुलाई प्राथमिक स्वास्थ्य उपचार सम्बन्धि तालिम प्रदान गरेका छन् । प्राथमिक उपचारको ज्ञानको अभावले अकालमा ज्यान गुमाउनु पर्ने स्थिती नहोस भन्ने उद्देश्यले तालिम प्रदान गरिएको हो ।
फक्ताङलुङ गाउँपालिका भित्रका नागरिक तथा पालिका भित्र आउँने पर्यटकहरुलाई प्राथमिक उपचारको ज्ञानको अभावले अकालमा ज्यान गुमाउनु पर्ने स्थिती नहोस भन्ने उद्देश्यले प्रथामिक उपचार तालिम प्रदान गरिएको फक्ताङलुङ गाउँपालिका जनस्वास्थ्य निरिक्षक दिनेश भट्टराईले बताउनुभयो । शिक्षक , एम्बुलेन्स चालक तथा हिमाली भेगका होटल व्यवसायीहरुको लागि प्राथमिक स्वास्थ्य सम्बन्धि तालिम सञ्चालन गरिएको हो । तालिममा अक्सिजनको कमी भइ अचेत भएकालाई कृतिम श्वास दिने, घाटीमा अड्किएको वस्तु झिक्ने , पानीमा डुबेर अचेत भएका, सर्प टोकाइ ,करेन्ट तथा आगोबाट जलेकाहरुलाई तत्काल अपनाउनुपने प्राथमिक उपचार विषयमा ज्ञान प्रदान गरिएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । लिम्बूले भनुभयो “प्राथमिक स्वास्थ्य उपचारबारे शिक्षक तथा नागरिकहरुलाई प¥याप्त मात्रामा ज्ञान भए अकालमा हुन सक्ने मृत्युदर न्युनिकरण हुन सक्ने पालिका ले विश्वास लिएको छ ।” फक्ताङलङु गाउँपालिका पर्यटकिय गन्तव्य पनि भएकोले पर्यटकहरु अक्सिजनको कमी, विभिन्न दर्घटनाहरुबाट पर्यटकहरुलाई बचाउनका लागि पनि यो तालिम आवश्यक रहेको फक्ताङलुङ गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।
प्राथमिक स्वास्थ्य उपचार सम्बन्धि तालिमको ज्ञान नहुदा कसैको अकालमै मृत्यु हुन सक्छ त्यसैले अव हामीले प्रत्येक विद्यालयमा हप्ताको एक दिन शिक्षक तथा विद्यार्थीहरुलाई कक्षा सञ्चालन गरेर प्राथमिक स्वास्थ्य सम्वन्धी अझ बढी ज्ञान दिने हाम्रो लक्ष्य रहेको गाउँपालका अध्यक्ष लिम्बुले बताउनुभयो । तालिमको सहजिकरण गाउँपालिकाका मेडिकल अफिसर डा. निश्चलराज अधिकारी र प्रेमकुमारी लिम्बु लगायतले गर्नुभएको थियो ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo