वृहत्त पदमार्ग ठानिएको ग्रेट हिमालयन ट्रेल पदमार्ग पदयात्रा गर्न सुरुएको छ । ताप्लेजुङ देखि सुरु हुने पदर्माग दार्जुला जिल्ला सम्म फैलिएको पदमार्गमा यात्रा गर्न बिदेशी नागरिकहरुले ताप्लेजुङ देखि सुरुवात गरेको हो ।
प्रकृतिक सुन्दरताको अवलोकनसंगै उच्च हिमाली क्षेत्रहुदै पदयात्राको अनुभव लिनका लागि पछिल्लो समयमा पर्यटकहरुको रोजाइमा पर्दै गएको हो । दुई बिदेशी नागरिक सहितका टोली ग्रेट हिमालयन ट्रेल पदमार्गमा भ्रमणका लागि ताप्लेजुङबाट विहिवार घुन्सा प्रस्थान गर्नुभएको छ । स्लोभेनिया देशका ६७ वर्षका मारिया आन्द्रेको नेतृत्वमा ग्रेट हिमालय ट्रयल पदमार्गका लागि यात्रा निस्किएको हो । उहाँले यस अघीनै सगरमाथा सहित आठ वटा हिमाल समेत सफल आरोहण गरिसक्नुभएको आन्द्रेले बताउनुभयो । सन १९९१ ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल सफल आरोहण गरिसक्नुभएको आन्द्रे अहिले ग्रेट हिमालयन ट्रल पदयात्रामा गर्न नेपाल आउँनभएको उहाँले बताउनुभयो ।
हिमालयन ट्रेलको पदयात्रा गराउँका लागि सोलुखुम्बु जिल्लाको इनसुहाङ राई गाइड(पदप्रर्शक) गरेर ताप्लेजुङ आउनुभएको हो । राईका अनुसार ११५ देखि १२० दिन सम्ममा ग्रेट हिमालय टे«लको पदयात्रा पुरा गर्ने योजना रहेको छ । दुई विदेशी नागरिक, आवश्यक सामग्री बोग्ने शेर्पा र एक गाइड गरि पदमार्गमा यात्रा पुरा गर्नका लागि ५० लाख देखि ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको राइले बताउनुभयो । गत सात तीन बिदेशी नागरिकलाई ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट सुखद् भ्रमणको कामना सहित बिदाई गरिएको थियो । टोलीमा दुई जर्मनी नागरिक लुकास,आन्ना र एक अष्ट्रियन नागरिक क्रिष्टोफर गे्रट हिमालय टे«ल पदयात्रा गर्न ताप्लेजुङ पुग्नुभएको थियो । उहाँहरुलाई फुङलिङ नगरप्रमुख अमिर मादेनले भ्रमणका लागि आएकोमा स्वागत गर्दै भ्रमण सफलताको कामना सहित बिदाई गर्नु थियो ।
भ्रमण टोली ग्रेट हिमालयन ट्रेल अन्तरगत कञ्चनजंघा बेसक्याम्प–घुन्साबाट ओलाङ्चुङगोला पास गर्दै लुम्बासुम्बा हिमाल हुँदै संखुवासभाको मकालु बेस क्याम्पतर्फ लाग्ने कार्यसूची रहेको पर्यटन व्यवसायी तेञ्जिङनुपुले जानकारी दिनुभयो । उहाँहरुको भ्रमण ग्रेट हिमालयन ट्रेल अन्तरगत नेपाली पदमार्गक्षेत्रमै केन्द्रित हुने जानकारी आफुले पाएको समेत उहाँले बताउनुभयो । ग्रेट हिमालयन ट्रेल अन्तरगतनेपाली पदमार्ग भ्रमण पूरा गर्न करिव १५० दिन आवश्यक पर्ने बिदेशी पर्यटकका पथप्रदर्शक सन्तोष तामाङले सुनाउनुभयो । टोली फुङलिङबाट पदमार्ग हुँदै हाङ्देवा–मितलुङ–सिँवा–छिरुवातर्फ अघि बढेको छ । सडक सञ्जाल स्थापित हुनु अघि बिदेशी पर्यटकले कञ्चनजंघातर्फ जान प्रयोग गर्ने यहिँ हो । पदमार्ग मात्र हुँदा बिदेशी पर्यटकले सदरमुकाम फुङलिङबाट लेलेपतर्फको पदमार्ग प्रयोग गर्दा पहिलो क्याम्पको रुपमा मितलुङ,दोस्रो छिरुवा र तेस्रो लेलेपलाई प्रयोग गर्ने गरेका थिए । करिव चार हजार ५०० किलोमिटर लामो ग्रेट हिमालयन ट्रेलमध्ये नेपालमा मात्र करीव एक हजार ७ सय किलोमिटर भाग पर्छ । यसले नेपालको पूर्वमा ताप्लेजुङको कञ्चनजंघादेखि पश्चिममा दार्चुलासम्मको भू–भाग ओगटेको छ । नेपालभित्र मुख्य दश क्षेत्रहरुलाई समेटेर ग्रेट हिमालयन ट्रेलको अवधारणा कोरिएको हो । यसमा कञ्चनजंघा, मकालु वरुण, एभरेष्ट रोल्वालिङ, हेलम्बु लाङटाङ, गणेश हिमाल मनास्लु, अन्नपूर्ण,मुस्ताङ, डोल्पा, रारा,जुम्ला, हुम्ला र सुदुरपश्चिम गरी दश भागमा विभाजन गरिएको छ । ग्रेट हिमालयन पदयात्राको पदमार्गमा बन्ने संरचना पूर्वदेखि पश्चिमसम्म एउटै गुणस्तरको बनाउने अवधारणा अघि सारिएको छ । ताप्लेजुङमा पर्यटकहरुको चहल पहल हुन थालेसंगै पर्यटन व्यवसायी,होटल सञ्चाल तथा यातायात व्यवसायी उत्साहित भएको होटल व्यवसायी विमल भण्डारीले बताउनुभयो ।