वैशाख ५ गते २०८२
10:05: PM
वैशाख ५ गते २०८२
10:05: PM

फुङ्लिङ बजार अशान्त

भाद्र २२ गते २०८०
2:51 pm
Author Avatar
फक्ताङलुङ दर्पण

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमाथि ढुङ्गामुढा प्रहार भएको छ । नेपाली काँग्रेस सम्वद्ध नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमाथि ढुङ्गामुढा प्रहार गरेका हुन् ।


नेपाल तरुण दलका जिल्ला सभापतिसमेत रहनुभएका प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गामको टोली र प्रहरीबीच बिहीबार रातिदेखि सुरु भएको झगडाले उग्र रुप लिएसँगै तरुण दल र नेविसङ्घका कार्यकर्ताले प्रहरी कार्यालयमाथि ढुङ्गामुढा गरेका छन् । फुङ्लिङ बजारको पूरानो बैङ्क लाइनस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयबाट नाराबाजी गर्दै गएको टोलीले प्रहरी कार्यालयमाथि ढुङ्गामुढा गरेका हुन् ।

तरुण दल र नेविसङ्घका कार्यकर्ताले गरेको ढुङ्गामुढाबाट प्रहरी कार्यालयको झ्याल ढोकाका सिसा फुटेका छन् भने अन्य संरचनामासमेत केही क्षति पुगेको छ । यता काँग्रेस कार्यकर्ताले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले आधा दर्जन बढी अश्रुग्यास र हवाई फायर गरेको छ ।

प्रहरीले प्रहार गरेको अश्रुग्यास र हवाई फायरका कारण केही काँग्रेस कार्यकर्ता र सर्वसाधारणसमेत घाइते भएको आशङ्का गरिएको छ । मानिस घाइते तथा प्रहरी कार्यालयमा भएको क्षतिको यकिन विवरण भने आउन सकेको छैन ।

अहिले सदरमुकाम फुङ्लिङ पुरै अशान्त बनेको छ भने प्रहरी, सशस्त्र प्रहरी ठूलो सङ्ख्यामा परिचालित भएका छन् । प्रहरीविरुद्ध आन्दोलनमा उत्रेका काँग्रेस कार्यकर्ताहरुले लाठी, मुंग्रीलगायतका घरेलु हतियारसहित चर्को नाराबाजी गरिरहेका छन् । यतिबेला बजारवासी आतङ्कित बनेका भने सदरमुकाम फुङ्लिङ अशान्त बनेको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo