वैशाख ४ गते २०८२
09:32: PM
वैशाख ४ गते २०८२
09:32: PM

रेड हर्ष फुटबल क्लब र जुट विकास फुटबल एकेडेमी फाइनलमा प्रतिस्प्रर्धा गर्ने

भाद्र १९ गते २०८०
9:17 pm
Author Avatar
फक्ताङलुङ दर्पण

देवेन्द्र बानियाँ÷ताप्लेजुङ
ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपअन्तर्गत मंगलबार भएको खेलमा रेड स्टार फुटबल क्लब झापालाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै रेड हर्ष फुटबल क्लब इलाम फाइनलमा प्रवेश गरेसंगै जुट विकास फुटबल एकेडेमी सुनसरीसंग फाइनलमा प्रतिप्रस्पर्धा हुने भएको छ ।
मंगलबार भएको खेलमा निर्धारित समयमा दुवै टिमबाट १—१ गोलमा बराबर भए पछि खेल टाइब्रेकरमा धकेलिएको थियो । दुवै टिमका खेलाडीले गोलका लागि रोचक प्रतिस्पर्धा गरेका थिए । तर १—१ गोलमा सिमित भएपछि टाइब्रेकरबाट निर्णय लिनुपरेको हो । बुधबार(भोली) जुट विकास फुटबल एकेडेमी सुनसरी र रेड हर्ष फुटबल क्लब इलाम फाइनलको लागि प्रतिप्रर्धा हुने छ । सोमबार भएको खेलमा पथरी ११ मोरङलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सुनसरीको जुट विकास फुटबल एकेडेमी फाइनलमा प्रवेश हो ।
दार्जिलिङकासहित यो पटक ८ टिम सहभागी प्रतियोगिता भोली सम्पन्न हुनेछ । लाखे जात्राका अवसरमा आयोजित प्रतियोगिताको विजेताले रु तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले रु एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । ताप्लेजुङ गोल्डकप २०२९ साल देखि प्रत्येक वर्ष लाखेजात्राको अवरमा प्रतियोगिता हुदै आएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo