तन बिदेशमा, मन त सधैँ स्वदेशमा

Phaktanglung Darpan
भाद्र १८ गते २०८०
3:28 pm


फक्ताङलुङ दर्पण
ज्ञानु फुरुम्बो(चरपे)/युके
सधै आफ्ना ईतिहास ,सभ्यता,पहिचान,अस्तित्वको बारेमा टाढा बसेर पनि तन,मन,वचन,धन लगाएर सधै वकालत गरि रहने साथै समुदायको पीडा ब्यथालाई साथ सहयोग गर्न कहिले पछि नहटने मन र छाती खोलेर किरात लिम्बुवानका लागि एक तरवार भएर उभिने कहिले नथाक्ने फक्ताङलुङ,मुक्कुमलुङ,जस्तो ठिङग उभिएर सदाबहार गुडि रहने रथ हुन बिश्वासदिप तिगेला । उहाँ धनकुटा छथर जोरपाटी नगरपालिका १न.वडा हातीखर्डक गाउँमा २०३३ साल कार्तिक २७ गतेका दिन आमा टिकामाया लिम्बू र स्व बाबा मिल बहादुर तिगेला लिम्बुको कोखबाट जन्म लिनु भएको थियो ।
बाल्यकाल गाउघर मेलपात गर्दै बितेको थियो । पढाईमा धेरै रुचि राख्ने मान्छे गाउँकै स्कुलमा ए स एल सी शिक्षा हासि गरेका तिगेला विभिन्न खेलकुदहरुमा पनि उतिकै रुचि राख्थे सबै भन्दा मन पर्ने उहाँको खेल कराते बक्सीङ हो । साथी भाईसंग रमाउदा रमाउदै २०५१ सालमा ब्रिटिस आर्मिमा भर्ति हुनभयो ।
हरेक प्रकारका किताब पढन लेख्न मन पराउने मान्छे आर्मीमा भर्ती भइ पछि पनि पढाईमै बस्त हुने आर्मीमा रहन्दा पढाउने बिभाग उहाँको परेकाले १२ बर्ष पढाउनुभयो । १९ बर्ष लाहुरे सेवा गरे पछि २०५० सालमा अवकास लिए र पुन अध्ययमा लागे क्यान्टवरी सिसि युनिभर्ससिटी युकेबाट २०२० राजनितिक सास्त्रबाट डि.ग्री र २०२१ मा अन्तराष्टिूय सम्बन्धमा मास्टर्स डि.ग्री गरि गरेका छन । हाल युके आस्फोड केन्टमा परिवार सहित बस्दै आउनु भएको छ ।
युकेमा बसे ता पनि धेरै जसो नेपालीको राजनितिक र सामाजिक सेवमा समर्पित हुनुहुन्छ उहाँ युके बसाई भए पनि धेरै नेपालको राजनितिक बिषयलाई दिएर महिनाको दुई देखि तीन पटक सम्म नेपाल आउने जाने गर्छन । आफ्ना गाउघर जन्मभुमिको बिकासको बारेमा पनि त्यति नै चासो राख्छन र सहयोग छन । आफू जन्मेको गाउमा केही ब्यतिगत योगदान समेत गर्नुभएको छ ।
आफूले अध्ययान गरेको स्कुलहरुमा आर्थिक सहयोग,स्कुल निमार्णमा सहयोग र कम्प्युटर समेत उपल्बध गराएको तथा स्कुलका लागि अक्षकोष समेत खडा गर्नुभएको छ । यति मात्र हाईन उहाँ
दिन दुखि बिरामी लगायत समाजिक संघ सस्थाहरुलाई पनि उतीकै सहयोग गर्दै आएका छन् । उहाँ दिल खोलेर सहयोग गर्न रुचाउछन । पछिलो समयमा नेपालमा भईरहेको पहिचानको आन्दोलनमा आफै सरिक भएर साथ दिएका थिए भने, योद्वा घाइतेहरुको उपचारका लागि रकम जुटाउनुभएको थियो ।
बहुआयामिक प्रतिभा भएका तिगेला सफल लेखक पत्रकार,समाजसेवी
तिगेला एक राजनितिज्ञय पनि हो । उहाँ हाल सम्म ६ ओटा पुस्तक लेखेर प्रकाश गरेका छन । चाइना इज नट रिप्लेसिङ अमेरीका,गोप्यकुरा एकल आधुनिक गीत,निष्पक्ष संबिधान समृद्व राष्ट्र राजनिती,देशको पीडा ( बोर्नियो परिचय,गृहयुद्वका पीडा , अभियान राजनैनिती शब्दवली,परदेशका कोशेली कबिता,जस्ता कृतिहरुले लेखेका छन भने निकै चर्चामा आएको उहाँको पुस्तक मध्ये गृहयुद्वका पीडा नामक पुस्तक हो । निकै मेडिया कभर भएको थियो । अन्य पुस्तक धेरै प्रकाशन आउन लागेको बताउछन । त्यति मात्र कहाँ होर उनी पहिचान भुमिमा हुर्किएका कारण आफ्ना मौलिक बिषयउपर पनि उतिकै चासोका साथ खोज गर्छन तिगेला किरात इतिहासको बिषयमा राम्रो कलम चलाउ छन । उहाले कसै लेखेका खोज गरेका प्रकाशनमा आउन नसकेका लेखकहरु प्रकाशक भएर कसै ब्यक्तिहरुको धेरै लेख प्रकाशन गरेका पनि छन । चर्चित आत्मा कथा जीवन फुल कि काडाँका,झमक घिमिरे,नाम्सामि,केसामि मुन्धुम बैरागी काइलाद्वारा लेखित,वाहिजो कविता,हर्क खेवाद्वारा लेखित,
शृखंला कविता संग्रह लोकेन्द्र तिगेलाद्वारा लेखित,आतङकको छायाँ मुनि कथा संग्रह राजकुमार दिक्पालद्वारा लेखित,लिम्बू भाषाको महाकाब्य इमान सिं चेम्जोङद्वारा लेखित,सोबुहाङसा लिम्बू भाषाको खण्डकाब्य सेसेमी नाल्बोद्वारा लेखित पुस्तकहरु प्रकाशक भएर आफ्ना भुमिका निभाएका बताउछन ।
तिगेला विभिन्न समाजिक संघ संस्थाहरुमा पनि उतिकै आबद्व र सकृयताका साथ अगाडि देखि छन । पुर्ब अध्यक्ष विश्व नेपाली साहित्य महाुंघ , नेपाली भाषा,साहित्य बिभाग गैर आवासिय नेपाली संघ अन्तराष्टिूय समन्वय परिषद, प्रवासी नेपाली साहित्य समाज युके अध्यक्ष धनकुटा प्रतिभा पुरुस्कार संस्थाको उपाध्यक्ष,एम्नेष्टी इन्टरनेशनल लण्डनमा आबद्व,अनलाइन नेपाली साहित्य मञ्च बेलायत संस्थापक, अन्तराष्ट्रिय नेपाली साहित्य समाज बेलायत महासचिव,नेपाली साहित्य बिकास परिषद बेलायत महासचिव, किरात धर्म साहित्य उत्थान संघ राष्टिूय समिति युके गठन, किरात याक्थुङ चुम्लुङ युके जस्ता सामाजिक संस्थामा आबद्व भएर जिम्मेवरी समाल्दै आउनु भएको छ ।
उहाँको योगदानलाई सम्मान गर्दै विभिन्न समाजिक संघसंस्था
मेतेरी नेपाल काठमाण्डौ,संघर्षमा कलम साहित्य समाज पोखरा,साहित्य संगालो बेलायत,किरात धर्म साहित्य उत्थान संघ मलेसिया,अनेसास नारायाण तथा जयन्ता प्रसाईं वेभ पत्रकारी पुरुस्कारहरुबाट सम्मानित हुन भईसक्नु भएको छ ।
नयाँ कुराको खोज गर्ने क्रममा तिगेला दर्जन भन्दा धेरै देशहरुमा भ्रमण गरेका छन । बेलायत ,बेल्जियम, नेदरल्याण्ड, जर्मन, क्यानडा, अमेरीका, बेलजि ,फ्रान्स, दुबाई, ओमन, अफगानिस्तान, मासेडोनिया, कोसभो, मलेसिया, ब्रनाई, सिंगापुर, थाइलेण्ड, पुर्बी टिमोर, अष्टेलिया, फिजी,हङकङ, फिलिपिन्स, चिन, डेनमार्क, र भारत जस्ता दर्जनौ देशहरु भ्रमण गरेका छन । भने दिर्घ तथा सेवा पदक, महारानी गोल्डेन जुबली,महारानी डाइमण्ड जुबली पदबाट सम्मानित भएका छन ।
लिगेला राजनितिक विद्यार्थी भएकोले हाल प्रदेश न.१ मा भईरहेको पहिचानको आन्दोलनको बिषयमा यसो भनु हुन्छ ।
मेरो दृष्टीकोण फरक छ मेरो बुझाईमा जुन समयमा मनुस्मृती लेखियो त्यसमा जातीय कुराहरु राखियो त्यहि नीति चन्द्रशम्सेरको पालामा जातीय दर्जा विभेद नितिगतरुपमा लागू गरियो त्यो भन्दा पनि कठोर तरिकाले कानुनी रुपमा नितिगत रुपमा बिशिष्ठ तवरले अहिले हिन्दुजम लादिन्दै छ लादने काम भईरहेको छ एकेडेमिक बहसमा भने गरिन्छ अशिक्षाको कारणले जातीय साम्प्रदायिक समस्या आउछन भन्छन तर यहाँ त शिक्षाको या शिक्षितको कारणले जातीय,साम्प्रदायिक रुपमा मुडभेड भएको देख्छु । अहिले प्रदेश न.१ मा उठेको समवाल मागहरु अहिलेका शासन सतामा बस्ने सताधारीहरुले जातीय दृष्टिले हेर्ने गरेका छन ।
हामी पहिचानवादीहरुले सभ्यता र ईतिहास भुगोलको आधारमा नाम राख्नु पर्छ, भन्दा जातीय राज्य जातीय नाम भयो भनेर छेक्ने गोरु चुटने हलो अडकाउने काम गरेका छन । एकल भाषा,संसकार,सास्कृतिक,राजनिति गरेर जो बसेको छ जुन ठाउँ ओगोटेर त्यहि मान्छेहरुले फेरि जातीय कुरा गर्नु हुन भन्छन आफुले जातीय नश्लिय भित्र हुर्किरहेको नदेख्ने तर अरु हामी सबै मिलेर आधा तिमी लेउ आधा मलाई देउ बराबर बाडी खाउ भन्दा जातीय कुरा भयो भन्छन । फेरि कुरा थप्नु हुन्छ तिगेला । त्यसैले नेपालमा पहिचानको आन्दोलन अब हजुर मालिक भनेर ढोगेर नारदमुनि भएर स्थापन गर्न गारो देखिन्छ फेरि गारो छ भनेर बस्न पनि त मिलेन होईन । त्यसैले एकता हुन जुरुछ यी पहिचान बिरोधीहरुले बिगत देखि हाम्रो नारि छाम्दै आएका छन हाम्रो कमिकम्जोरी पतालगाउदै आएका छन । कसरी फुटाउनु र सता चलाउ भने गिद्वे दृष्टि बिगत समय देखि नै नभएको होईन हामी मुल आदिवासी भुमिपुत्रहरुको कम्जोरीलाई अवसरको बाटो बनाएर हाम्रो किपट भुमि, भाषा,लिपि,संस्कार,
सास्कृतिक,ईतिहास सबै लुटे हिजोका भुमिपुत्र शासकहरुलाई आज सडकमा पुर्याएका छन । हामी आदिवासी मुलबासीहरु दुई तीन आना जग्गा माटो सिमित छौ । यो कुरालाई राम्रो ख्याल गरेर आज प्रदेश १ मा भईरहेको आन्दोलनलाई एक भएर भनौ न पहिचानवादीहरु एउटै मुद्वामा उभिएर आन्दोन गर्न सकिएन भने फेरि यी उच्चबाहुनवादीहरुले यो आन्दोलनलाई अध्यारोमा सेलाउन सक्छन । अब एक भएर लडनु बिकल्प छैन पाटी जुनै होस तर माटीको लागि अस्तित्व र पहिचानका लागि लडुन पर्याे । मलाई लाग्छ प्रदेश न.१ को आन्दोलन अब ७ ओटा प्रदेशमै उठनु पर्छ नत्र भने यो उच्चबाहुनवादहरुको नितीले हामी नेपालमा
बस्ने सम्पुर्ण आदिवासीहरुलाई अधिकार बिहिन बनाएर एक दिन सुकुम्बासी बजाएर लखेटने छन । त्यहि भएर भुमिपुत्रहरु अब मेरो पार्टी तेरो पार्टी भन्दै बस्ने दिन होईन पार्टी आफ्नु ठाउमा छ तर आफ्ना पहिचान,अस्तित्वका लागि एक भएर लडन जरुछ भनु हुन्छ ।
जब नेपाल संघिय संरचना गए पछि ७ प्रदेश भयो ६ ओटा प्रदेशले नाम राखिसको तर प्रदेश न.१ मा भखरौ राखियो कोशी प्रदेश भनेर नाम कोशि हुन साथ १ प्रदेश अस्तवस्त भयो पहिचानवादीहरुले कोशी बिरुद्वमा निरन्तर आन्दोलन जारी राखेका छन पहिचानको आधारमा नाम राख्नु पर्ने कोशी आयो
प्रथम कुरा त हामी मुलबासीहरुको हरेक क्षेत्रमा केही हत सम्म कम्जोर पनि छ होला बिगतमा थियौ होला तर आज त्यो स्थिति छैन अनि प्रदेश न.१ चाहिँ पृथ्वीनारायाण शाहले जब उपनिबेश लादेयो त्यहि समय देखि पुर्बका भुमिपुत्रहरुले हाम्रो पुर्खाले पटक पटक बिद्रोह गर्दै आएको इतिहासहरु जिउदै छन आफ्ना भुमि,किपट, राज्यका लागि हिजो पनि बिद्रोह थियो आज छ मुद्वा मुलुवासी भुमिपुत्रले राम्रोसंग बुझेका छन । त्यस कारणले प्रदेश न.१ मा यो आन्दोलन सागर भएर उर्लिएको हो । जुन दिन महासागर भएर उर्लिन्छ त्यो तीन अबश्य पहिचानको आधारमा नाम रहन्छ सुन्न पाउ छौ बिश्वास छ ।
त्यसैले जति पनि अहिले उठेको मुद्वा त्यति सहजै राज्यले त्यति आसानि रुपमा लुकाउन सक्ने अबस्था छैन भन्छन तिगेला ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
