वैशाख ५ गते २०८२
09:46: PM
वैशाख ५ गते २०८२
09:46: PM

फुङ्लिङमा रोपाइँ जात्रा/फोटो फिचर

भाद्र १५ गते २०८०
6:20 pm
Author Avatar
फक्ताङलुङ दर्पण

परम्परागत रुपमा गरिँदै आएको रोपाइँ जात्रा शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा भव्य रुपमा मनाइएको छ । युवापुस्तामाँझ संस्कृति हस्तान्तरण गर्ने र परम्परालाई निरन्तरता दिने उद्देश्यले जात्रा निकालिएको हो ।

गाउमा रोपाइँ सकेर बसेका किसानलाई सहर निम्त्याउने र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यो पर्व मनाउने गरिएको नेपाल भाषा तथा सांस्कृतिक समाजका अध्यक्ष शंकर श्रेष्ठको भनाइ छ ।

उहाँका अनुसार सबै जातजाति भाषा–भाषीलाई समेटेर पर्व मनाउने गरिएको छ । समाजले यसको नेतृत्व गर्दै आएको छ ।


अघिअघि गोरु, हली र बाउसे अनि पछिपछि रोपाहारले धान रोपेझैं रोपाइँको झल्को दिने अभिनयले स्थानीय मात्र नभएर टाढाबाट आएकालाई पनि मनोरञ्जन दिने गरेको छ ।

ताप्लेजुङमा नेवार जातिको बसोबास भएदेखि नै यो जात्रा थालिएको मानिन्छ ।

पछिल्ला वर्ष भने जिल्लाका सबै समुदायको पर्वका रुपमा लिइएको छ ।


यसले बर्खेबाली लगाएर बसेका आन्तरिक पर्यटक आकर्षित गरेको छ ।

जात्रामा रोपाहार, हली, बाउसेलगायत डेढ सय धेरै कलाकारले दिनभर अभिनय गर्ने गरेका छन । जात्राले लोपोन्मुख बन्दै गएको बेठीको झल्को दिने गरेको ज्येष्ठ नागरिकको अनुभव छ ।


जात्राका अवसरमा परम्परागत रुपमा चलिआएको लिम्बू जातिको धान नाच पनि देखाउने गरिएको छ । कोरोना संक्रमणबाहेक हरेक वर्ष रोपाइँ जात्रा जनै पूर्णिमाको द्वादशीका दिन गरिँदै आएको छ ।

यो वर्ष पूर्णिमा र गाईजात्रा एकैदिन परेकाले शुक्रबार रोपाइँ जात्रा गरिएको हो । तस्बिरः दिलकुमार लिम्बू

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo