वैशाख ५ गते २०८२
10:06: PM
वैशाख ५ गते २०८२
10:06: PM

सिदिङवाका जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकासका लागि तालिम प्रदान

भाद्र १० गते २०८०
9:40 pm
Author Avatar
फक्ताङलुङ दर्पण

देबेन्द्र बानियाँ/साब्लाखु
ताप्लेजुङको सिदिङवा गाउँपलिकाले कर्मचारी तथा जनप्रतिनिधि क्षमता विकास तालिम सम्पन्न गरेको छ। गत भदौ ६ गते देखि पालिकाका सबै सातै ओटा वडाका जनप्रतिनिधि तथा कर्मचारीले भाग लिएका थिए।
स्थानिय नागरिक संग जोडिन र काम गर्न सहज ,वडाको विकासमा प्रशिक्षण कार्यक्रम राखिएको गाउँपालिकाका विश्वास छ। कार्यक्रम पछि फक्ताङ्लुङ दर्पण संग कुरा गर्दै गाउँपालिका प्रमुख मान बहादुर राईले ५ दिने प्रशिक्षणले समग्र जनताको भरोसा राख्न आफूहरुले कार्यक्रम राखिएको बताउनु भयो, भौगोलिक अवस्थाले पालिकाका सातै ओटा वडाका जनता संग जोडिएर काम गर्ने वातावरण सिर्जना हुने प्रमुख राईको विस्वास छ।


यस्तै वडा नं ७ सुरूमखिमका वडा अध्यक्ष लक्ष्मण तामाङले , प्रशिक्षण कार्यक्रम बाट आफ्ना वडाका जनता संग घुलमिल हुन् सन्ने वातावरण सिर्जना भएको बताउनु भयो। यस्तै वडा नं १ कालीखोलाका वडा अध्यक्ष गोपाल बानियाँले दुर्गम क्षेत्रका स्थानीयलाई विकास योजना बुझाउनु सक्ने क्षमता विकास भएको बताउनु भयो।
कार्यक्रममा गाउँपालिका प्रमुख मान बहादुर राई,उपप्रमुख ९विष्णु कुमारी कडरिया०वन्दना ७ ओटै वडाका जनप्रतिनिधि तथा कर्मचारीहरुले प्रशिक्षण कार्यक्रम भाग लिएका थिए। प्रदेश प्रशिक्षक तथा स्थानिय मामिला मन्त्रालय अन्तर्गत प्रशिक्षण गणेश तिम्मसिना र सुमन ढकालको उपस्थितिमा तालिक सम्पन्न भएको हो,कार्यक्रमको अध्यक्षता गाउँ पालिका प्रमुख राईको सभापतित्वमा सम्पन्न भएको हो।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo