वैशाख ५ गते २०८२
10:00: PM
वैशाख ५ गते २०८२
10:00: PM

कच्ची सडक यात्रुलाई सास्ती

भाद्र ८ गते २०८०
8:29 pm
Author Avatar
फक्ताङलुङ दर्पण

देवेन्द्र बानियाँ/ताप्लेजुङ
वर्षायाम सुरुसँगै कच्ची सडकमा यात्रुलाई सास्ती खेप्नु परेको छ। समयमै सडक मर्मत तथा स्थर उन्नति नहुँदा यात्रुहरुलाई सास्ती खेप्नु परेको हो ।
प्रत्येक वर्ष कर्रोडौं रुपैयाँ राज्यको लगानी भए पनि सडक प्रभावकारी बन्न नसक्दा सवारी साधन सञ्चालनमा समस्या आउँने गरेको छ ।
जिल्ला सदरमुकाम फुङ्लिङ बजारमाबाट ६६ किलो मिटर टाढामा रहेको सिदिङवा गाउँपालिका केन्द्र सब्लाखु भन्ज्याङको समस्या हिउँदमा धुलामे र बर्खामा हिलामे हुने गरेको छ। स्थानिय सरकार आएको ६ बर्ष पुगे पनि गाउँपालिका सडक मर्मत तथा स्थरउन्नति गर्न नसक्दा सडक प्रभावकारी बन्न नसकेको खेवाङका स्थानिय सुलिल लिम्बू बताउनु भयो।
सदरमुकाम फुङलिङ , काबेली गणेश चोक थर्पु सम्म सडक कालो पत्रे छ, तर थर्पु बाट पालिका केन्द्र साब्लाखु भञ्ज्याङ सम्म सडक कालो पत्रे नहुदाँ सास्ती खेप्न बाध्य भएका हुन्। निरन्तरको वर्षाले यति बेला फुङ्लिङ बजारबाट सिदिङवा र सिरिजङ्गाका आधा दर्जन भन्दा बढी वडाका सर्वसाधाण मारमा परेका छन्।जिल्लाका प्रायजसो सडकहरु बर्खायाम सुरुभए पछि सडकमा सवारी साधन बिच बाटोमै फस्दा सडकमा घण्टौं लामोबाटो पैदल यात्रा गर्नुको विकल्प नरहेको सादेवाका गोपाल बराल बताउँछन्।
स्थानिय सरकार र नागरिक बीच अन्तरसम्बन्ध स्थापित नहुँदा हरेक वर्ष हजारौं यात्रु सास्ती भोक्दै आएका छन् यसलाई समयमै सडक निर्माण गर्दै सहज रूपमा यात्रुलाई घर सम्म पुगेन वातावरण निर्माण गर्न पालिका र वडा सबैले समयमै सडक बाह्रै महिना चल्ने बनाउनु जरुरी देखिन्छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo