मुक्कुम्लुङ क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनासम्बन्धी काम रोक्न माग गर्दै सर्वोच्च अदालतको आदेश कार्यान्वयन गराउन फुङलिङ नगरपालिकालाई निवेदन पेश गरिएको छ।
स्थानीय सरोकारवाला कमला पालुङवाले पेश गरेको निवेदनअनुसार, मिति २०८१ चैत ६ गते सर्वोच्च अदालतमा केबलकार निर्माण रोक्न माग गर्दै रिट निवेदन दायर गरिएको थियो। उक्त रिटमा अदालतले तत्कालीन अवस्था यथावत् राखी, अन्तरिम आदेश सम्बन्धमा छलफल गर्न उक्त मितिकै पेशी तोकेको छ।
तर अदालतको उक्त आदेशको अवहेलना गर्दै हालसम्म पनि मुक्कुम्लुङ क्षेत्रमा अत्याधुनिक चेनसॉ मेसिन प्रयोग गरी काठपात कटान तथा निर्माणस्थल सफा गर्ने कार्य जारी रहेको निवेदनमा उल्लेख गरिएको छ। सर्वोच्च अदालतको आदेशको पालना गर्नु स्थानीय निकायको मुख्य कर्तव्य हो। सो आदेशको अवहेलना हुनु मात्र नभई विवादित क्षेत्रमा थप क्षति पुग्ने अवस्था सृजना भएको छ,ू निवेदनमा भनिएको छ।
उक्त कार्य तत्काल रोक्न र अदालती आदेशको सम्मान गर्न अनुरोध गर्दै पालुङवाले नगरपालिकामा औपचारिक रूपमा निवेदन पेश गरेकी हुन्।
केबलकार परियोजनाले स्थानीय वातावरण, सामुदायिक स्वामित्व र जैविक विविधतामा असर पार्ने भन्दै स्थानीय समुदायले लामो समयदेखि विरोध गर्दै आएका छन्।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
