ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विषयमा आन्दोलनरत पक्ष र सरकारी वार्ता टोलीबीचको छलफलपछि आगामी चैत ७ गते उच्चस्तरीय वार्ता बस्ने भएको छ।
आन्दोलनरत पक्षका वार्ता सहजीकरण समितिका संयोजक सरस्वती सिंघक (सरु) का अनुसार सोमबार काठमाडौंमा सम्पन्न छलफलमा आवश्यकतानुसार केबलकार निर्माण व्यवसायीलाई समेत समेटेर वार्ता गर्ने निर्णय भएको छ।
सरकारी टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले गर्नुभएको छ। संयोजक सिंघकका अनुसार वार्तालाई सहजीकरण गर्न आजैदेखि प्रक्रिया सुरु गरिएको छ।
आन्दोलनरत पक्षले केबलकार खारेजी, बन्दी रिहाइ लगायतका विषयमा छलफलको माग राख्दै आएका छन्। स्थानीय तथा सरोकारवाला निकायहरूले पाथीभरा क्षेत्रमा केबलकार निर्माण हुन नहुने भन्दै लामो समयदेखि विरोध जनाउँदै आएका छन्।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
