वैशाख २ गते २०८२
03:46: AM
वैशाख २ गते २०८२
03:46: AM

पाथीभरा केबलकार विवादः विरेन्द्र चोकमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप, ५ प्रहरीसहित ७ घाइते

फागुन १० गते २०८१
9:24 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ – पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ। प्रारम्भिक विवरणअनुसार झडपमा ५ प्रहरी र २ आन्दोलनकारी घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार राँके जुलुसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो। उनले भने, “नो केबलकार पक्षधरहरूले सदरमुकाममा राँके जुलुस गर्ने जानकारी गराएका थिए। मैले आन्दोलनरत पक्षका असिम पालुङवालाई शान्तिपूर्ण र्‍याली गर्न आग्रह गरेको थिएँ, तर उहाँहरूले अस्वीकार गर्नुभयो। त्यसपछि विरेन्द्र चोकमा राँके जुलुस निकाल्नुभयो। स्थिति थप बिग्रिन नदिन प्रहरी परिचालन गरियो, तर नियन्त्रणको प्रयास गर्दा प्रहरीमाथि लाठी र ढुंगा प्रहार भयो। घाइतेहरूको यकिन विवरण आउन बाँकी छ। अहिले अवस्था नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ।”

नो केबलकार पक्षधरहरू शनिबार काफ्लेपाटीमा आन्दोलनपछि फुङ्लिङ झरेका थिए। सोही क्रममा फुङ्लिङ बजारमा शान्तिपूर्ण र्‍याली प्रदर्शन गर्दै विरेन्द्र चोक पुगेपछि र्‍याली राँके जुलुसमा परिणत भएको थियो।

झडपका क्रममा आन्दोलनरत पक्षले फुङ्लिङ नगरपालिका–५, विरेन्द्र चोकका केही घरतर्फ राँके जुलुसका पोल्ठो फ्याँकेका थिए।

यसअघि बिहीबार काफ्लेपाटीमा भएको झडपमा १४ जना घाइते भएका थिए भने माघ १२ गतेको झडपमा २४ जना घाइते भएका थिए। पाथीभरा केबलकारको विषयलाई लिएर पटक–पटक झडप हुँदै आएको छ।

थप विवरण आउन बाँकी…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo