वैशाख ४ गते २०८२
07:22: PM
वैशाख ४ गते २०८२
07:22: PM

मैवाखोला गाउँपालिकाले न्यूनतम रोजगारीका लागि निवेदन आह्वान गर्यो

फागुन ५ गते २०८१
4:46 pm
Author Avatar
फक्ताङलुङ दर्पण

मैवाखोला गाउँपालिकाले बेरोजगार श्रमिकहरूलाई न्यूनतम रोजगारी कार्यक्रममा सूचिकृत गराउने प्रक्रिया अघि बढाएको छ। रोजगारीको हक सम्बन्धी ऐन, २०७५ तथा प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका, २०७५ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि बेरोजगार दर्ता गर्न फाल्गुन मसान्तभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।

१८ देखि ५९ वर्ष उमेर समूहका इच्छुक बेरोजगारहरूले आवश्यक कागजातसहित आफ्नो वडा कार्यालयमा निवेदन दिनुपर्नेछ। निवेदनका लागि आवश्यक कागजातहरूमा नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, निवेदक र उनका परिवारका सम्पूर्ण सदस्यहरूको विस्तृत विवरण समावेश हुनुपर्नेछ। साथै, निवेदन वडा कार्यालयबाट प्रमाणित हुनुपर्नेछ।

गाउँपालिकाले विगतमा सूचिकृत भएका बेरोजगार श्रमिकहरूलाई पनि पुनः नविकरणका लागि निवेदन दिन अनुरोध गरेको छ।

सूचना प्रवाहलाई प्रभावकारी बनाउन प्रत्येक वडा कार्यालयलाई सूचना पाटीमा टाँस गर्न निर्देशन दिइएको छ भने सूचना प्रविधि शाखाले गाउँपालिकाको वेबसाइटमा समेत सूचना राख्नेछ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo