वैशाख ४ गते २०८२
08:33: PM
वैशाख ४ गते २०८२
08:33: PM

फक्ताङलुङमा सडक छेकेर राखिएका गोलिया हटाइने, अवज्ञा गरे कारबाही

फागुन ५ गते २०८१
7:29 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले सार्वजनिक सडक अबरुद्ध हुने गरी राखिएका गोलियाहरू हटाउन निर्देशन दिएको छ। यदि निर्धारित समयभित्र नहटाइए, गाउँपालिकाले ती सामग्री जफत गरी आवश्यक कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ।

गाउँपालिका अध्यक्ष राजन लिम्बू ९मुक्ति० का अनुसार सडक ऐन २०३१ अनुसार सार्वजनिक बाटोमा कुनै पनि संरचना निर्माण गर्न वा बाटो छेकेर राख्न नपाइने व्यवस्था छ। ूलापरबाहीपूर्ण रूपमा सार्वजनिक बाटोमा राखिएका गोलियाहरू तत्काल हटाइएनन् भने जरिवाना सहित कानुनी प्रक्रिया अघि बढाइनेछ,ू अध्यक्ष लिम्बूले बताए।

सार्वजनिक यातायात तथा आवागमन सहज बनाउन पालिकाले सडक क्षेत्रमा अनधिकृत रूपमा राखिएका अवरोध हटाउने अभियान थालेको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo