वैशाख ४ गते २०८२
07:49: PM
वैशाख ४ गते २०८२
07:49: PM

ताप्लेजुङमा हिमपात

फागुन ४ गते २०८१
9:08 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको उच्च हिमाली क्षेत्रहरुमा हिमपात भएको छ । आज विहान देखि समान्य हिमपात हुन थालेको हो ।
तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा क्षेत्रमा आज विहान सामान्य हिमपात भएको पाथीभरा क्षेत्र विकास समितका कर्मचारी राजेन्द्र महतले बताउनुभो ।
आइतबार बिहानबाट हिमपात सुरु भएको माथिल्लो फेदिका होटल व्यवसायी तथा पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले बताउनुभयो । उहाँका अनुसार माथिल्लो फेदिदेखि उभों पाथीभरा मन्दिर आसपाससम्म हिमपात भइरहेको छ ।
धुम्म मौसम र चिसो अवस्था कायम रहेकाले यो अवस्था नहटे थप हिमपात हुनसक्ने अनुमान गरिएको छ । ताप्लेजुङमा आज न्युनतम ७.२ सेल्सेस तात्रम रहेको ताप्लेजुङ मौसम फिल्ड कार्यालय जनाएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo