वैशाख ४ गते २०८२
02:29: PM
वैशाख ४ गते २०८२
02:29: PM

फक्ताङलुङले परम्परगत कृषि खेती आधुनिक प्रविधिमा रुपान्तरण गर्दै

भाद्र ४ गते २०८०
7:23 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले आधुनिक कृषि खेतीको सुरुवात गर्ने भएको छ । परम्परगत प्रविधिबाट गरिन्दै आएको कृषि व्यवसायलाई आधुनिक प्रविधिबाट खेती गर्न लागि सोमबार देखि तीन दिने प्रशिक्षणको सुरुवात गरेको छ ।
फक्तालुङ गाउँपालिका र हिमालयन एग्रोइकोलोजि रिसर्च एन्ड डेभलपमेन्टसंग सहकार्यमा संयुक्त आयोजनामा गाउँपालिका केन्द्र तापेथोकमा प्रशिक्षण सुरुवातभएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ । किसानले परम्परगत कृषि खेती प्रणालीलाई आधुनिकरणमा रुपान्तरण गर्न गाउँपालिकाले कृषि विज्ञ विदेशी प्रशिक्षकको सहजीकरणमा गाउँपालिका ओलाङगोलाबाहेक ६ वटा वडाबाट प्रतिनिधित्व हुने गरि महिला १५ र पुरुष ४० जना प्रशिक्षणम उत्साहाका साथ सहभागी भएका छन् ।
परम्परगत प्रविधिमा गर्दै आएको कृषि व्यसायलाई आधुनिक प्रविधिमा खेतीपाती गराउँनका लागि प्रशिक्षक क्यानडाका कृषि विज्ञ तथा अल्मोष्ट हेभेन फार्मका संचालक सर ज्याक र विज्ञ चार्लि वाबा आयरल्यान्डका नागरिक पञ्च तत्व जैविक फर्मका संचालक सर चार्ली बाबाले प्रशिक्षणको सहजिकरण गरेको छन् ।


फक्ताङ्लुङ गाउँ पालिकाले परम्परा कृषिखेतीबाट आधुनिकिरणतर्फ लैजान तथा स्वास्थ्यकर आहाराको लागि अर्गानिक कृषि खेती र आत्मनिर्भर बनाउँने उदेश्यले कृषकहरुलाई प्रशिक्षण दिएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो ।
गाउँपालिकामा रहेका किसानहरुलाई आत्मनिर्भर बनाउँने उदेश्यले गाउँपालिकाले आफ्नै स्वामित्वमा कृषि अनुसन्धन केन्द्र समेत सञ्चालन गर्दै आएको छ । ..

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo