राजा माबो
ए आमा! बोलन् केहि त भनन्
के भयो ? किन बोल्दीनौ ?
ए ईक्सा खाम्बेक कसम आमा,
म मरेको होईन,सोघा भएको छैन।
यही हाम्रो गरिबी आवादीको चप्परी उक्काउन
पैचो,सापटी र रिणको कालो बादल च्यात्न
हजुरहरुकै आर्शिवाद लिएर
धन कमाउने मिक्लाजोङ डाडा जत्रो
सपना काध माथी राखी
परदेश हिडेको थिए,बिदेशीएको थिए।
म त आमा!कम्पनीमा काम गर्दै थिए……
छतको एउटा ईटा
एक्कासी मेरो सिरको हेलमेटमा बजारियो
वस,
मलाई यति मात्रै थाहा छ……
आमा!म मरेको होईन,सोघा भएको छैन।
म त यही गाऊ,घर,पाखा,पखेरी,पानी पधेरीमा
खेलीरहेको छु,नाचीरहेको छु,
मलाई यहि रमाईलो छ,म यहि रमाउन चाहान्छु
उ हेर त,मन्तरे बाजेको बस्तु सुर्के भिरमा चर्दैछन्
जिम्दार बाको भालु कुकुर भुकिरहेको छ
कसो कसो यो मौसम पानी पर्ने लागीरहेको छ
यी हेर त आमा,
म देखीरहेको छु,सुनीरहेको छु,महसुस गर्न सकिरहेको छु
यो घरमा दिन रातै येवा बिजुवा किन राखेको?
तिमी डाको छोडी छोडी किन रोएको?
ए बोलन आमा!
किन म संग किन कोही बोल्दैनन्
किन कसैले देखे जस्तो गर्दैनन
म अन्जान छु मलाई केही थाहा छैन
किन मांदेने बिजुवा फुपाजु थाल बजाउदै
जामा पगरीसंगै नाच्दै घुम्दै
मेरो नजिक नजिक आउँछ फकाउछ फुल्लाछ
अनि बिष लगाएकोको तोंबा,खाना पिईहाल,खाईहाल भन्छ
कहिले जामा पगरीले छोपुला छेकुला जस्तै गर्छ….
कहिले लिसो अछेताले बाध्न खोज्छ…
कहिले बजाउदै गरेको थालले काट्नै खोज्छ…
अनि भन्छ
त कुबाटोमा गईस् त कुकालले मरिस्
त अब सोघा भईस
अब हाम्रो बोली मिल्दैन बाटो मिल्दैन
अब हामीलाई छोडेर गईहाल,आफ्नो बाटो खेदेर जईहाल
अब हाम्रो भेट हुदैन….नहोस पनि
नत्र!!!!
तलाई म मन्त्रले काट्छु मुन्धुमले छेक्छु…….
तिन तियाली तिन बाचा फुु..फु…फु…
आमा अब,
म के गरु? कहा जाऊ…..?
म मरेकै भए,
स्वार्ग जाने बाटो खोई आमा?
नर्क जाने बाटो खोइ आमा?
ए भनन् आमा……. यदी,
म मरेको भए मेरो लास देखाई देऊ…..
साच्ची आकाश धर्ती कसम,
म मरेको होईन,सोघा भएको छैन।
ताप्लेजुङ