ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमामा प्रवेश शुल्क वृद्धि भएको छ । विगतको तुलनामा यस वर्ष प्रवेश शुल्क वृद्धि भएकोे हो । यस वर्ष कञ्चनजंघा प्रवेश शुल्कवापत २० लाख ५६ हजार चार सय रुपैयाँ संकलन भएको छ । पछिल्लो एक वर्षको समय अबधिमा कञ्चनजंघा क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरुको संख्य वृद्धिभएसंगै विगतको तुलनामा प्रवेश शुल्क समेत वृद्धि भएको कञ्चजंघा संक्षण क्षेत्र व्यवस्थापन परिषदले जनाएको छ । २०८०÷८१ को आर्थिक वर्षमा २० लाख ६५ हजार चार सय रुपैयाँ प्रवेश शुल्क संकलन भएको परिषद्को कार्यालयका सूचना अधिकारी दोभान लिम्बूले बताउनुभयो । अधिल्लो आर्थिक वर्ष अर्थत २०७९÷८०मा १२ लाख ९४ हजार २०० रुपैयाँ प्रवेश शुल्क संकलन भएको थियो । अगत अर्थिक वर्षको भन्दा सात लाख ६२ हजार २०० रुपैयाँ बढी संकलन भएको परिषद् कार्यालयले जनाएको छ । विगत २५ वर्ष अर्थत २०५६÷५७ मा यता १३ हजार ३५४ बाह्य पर्यटक कञ्चजंघा हिमालमा भ्रमण गरेको तथ्यांक रहेको छ । कञ्चनजंघा हिमाल भ्रमणका लागि वर्षमा दुई सिजनमा विभाजन गरिएको छ । पहिलो सिजन भदौ देखि मंसिर अन्तिम समय सम्ममा यस क्षेत्रमा भ्रमण गर्ने पहिलो सिजनको रुपमा लिन सकिन्छ । त्यस्तै फागुन देखि जेठ सम्मको समय अवधिलाई दोस्रो सिजनको रुपमा लिने गरेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक टासी तेन्जिङले बताउनुभयो । कञ्चनजंघा जान तीन वटा पदमार्ग प्रयोग हुँदै आएको छ । सदरमुकाम फुङलिङबाट फक्ताङलुङ गाउँपालिकामा पर्ने सिँवा–छिरुवा–तापेथोक–घुन्सा हुँदै जान सकिन्छ । तापेथोकसम्म सवारीमा जान सकिन्छ भने त्यसउताको भागमा पैदलयात्रा गर्नुपर्छ । कञ्चनजंघा जाने अर्को पदमाग भनेको सुकेटार हुँदै सिरिजंघा गाउँपालिकाको सिकैचा–तेल्लोकको माथिल्लो भाग–पेदाङ, फुम्पेडाँडा–मामाङ्खे हुँदै याम्फुदिन भएर पुग्न सकिन्छ । तेस्रो पदमार्ग भनेको पाँचथरको गणेशचोक–दाहालगाउँ–सिनाम–आम्बेगुदिन–हप्पुखोला–खेवाङ हुँदै याम्फुदिनसम्म जान सकिन्छ । हिउँद याममा याम्फुदिनसम्मै सवारीमा यात्रा गर्न सकिन्छ विगतको तुलनामा यस वर्ष पर्यटकहरुको चलहलपह बढेसंगै होटल,तथा पर्यटन व्यावसायी समेत उत्साहित भएका छन् । कञ्चनजंघा हिमालको सफल आरोहण भएको ७० वर्ष भएको अवसरमा हीरक महत्वस गर्ने तयारी समेत भइरहेको परिषद् कार्यालयले जनाएको छ ।…