वैशाख ६ गते २०८२
10:32: AM
वैशाख ६ गते २०८२
10:32: AM

आम्दामीको स्रोत बन्दै किवी

पौष १५ गते २०८१
3:35 pm
Author Avatar
फक्ताङलुङ दर्पण

सीता लिम्बू/ताप्लेजुङ
ताप्लेजुङमा पछिल्लो समयमा किवी राम्रो आम्दानीको स्रोत बन्दै गएको छ । अलैँचीको विकल्पकोरुपमा किवी खेती गर्न थालिएको छ ।
सिरिजङगा गाउँपालिका– ६ का किसान सञ्जय लिम्बू अहिले किवी खेतीमा आकर्षित भएका छन् । उहाँले तीन रोपनी क्षेत्रफलमा किवी खेती विस्तार गर्नु भएको छ । अहिले किवी उत्पादन हुन थालेको लिम्बूले बताउनुभयो । उहाँले विगत ४ वर्ष देखि किवी खेती गर्न थालेको हो । अहिले किवी बिक्री गर्दै आउनुभएको छ । प्रति केजी १२० रुपैयाँका दरले गाउँ घरमा बिक्री गर्दै आउनुभएको छ । आवश्यक पर्ने किवीका नर्सरी समेत आफैले उत्पादन गर्दै आनुभएको छ । किवीको नर्सरी बिक्री गर्ने समेत योजना रहेको लिम्बूले बताउनुभयो ।
किवी उत्पादन बाट निक्कै राम्रो आम्दामी भइरहेको लिम्बूले बताउनु भयो । किवी खेति कम लगानी बाट राम्रो आम्दानी हुने गरेको लिम्बूले भनाइ रहेको छ । किवी खेतीबाट करिब वार्षिक एक लाख ५० हजार रुपयाँ आम्दानी गर्दै आएको लिम्बूले बताउनुभयो । अहिले गाउँ–गाउँमा समेत किसानहरुले प्रसस्त मत्रामा किवी खेति गरी आफ्नो आम्दामीको स्रोत बढाइरहेका छन् ।
किवी खेतीबाट राम्रो आम्दानीको स्रोत बन्दै गएसंगै अलैँचीको विकल्पकोरुपमा किवी खेतीलाई किसानहरुले प्राथमिकताका साथ खेती गर्न थालेका छन् ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo