ताप्लेजुङको पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा भक्तजनहरूले चढाएका घण्टी प्रयोग गरी आकर्षक प्रवेशद्वार निर्माण गर्ने योजना अघि सारेको छ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार भक्तजनहरूले चढाएका झण्डै ५० क्विन्टलभन्दा बढी घण्टीलाई गेट निर्माणमा प्रयोग गरिनेछ। यसले धार्मिक पर्यटक आकर्षित गर्नुका साथै पाथीभरा क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान गर्ने विश्वास गरिएको छ।
स्थानीय सुझावका आधारमा योजना
पहिले ती घण्टीहरू बिक्री गर्ने तयारी भए पनि स्थानीय बासिन्दा र आगन्तुकहरूको सुझावपछि प्रवेशद्वार निर्माण गर्ने निर्णय गरिएको हो। पुराना र पुरातात्विक महत्वका घण्टीहरू भने संरक्षणमा राखिने हाङबाङले जानकारी दिनुभयो।
सांस्कृतिक धरोहरको प्रवर्द्धन
प्रवेशद्वार निर्माणले पाथीभरा पदमार्गलाई थप आकर्षक बनाउने र यस क्षेत्रको सांस्कृतिक तथा धार्मिक महत्त्वलाई उजागर गर्ने लक्ष्य राखिएको छ। साथै, यसले भावी पुस्तालाई पाथीभरा र यहाँका पुरातात्विक सम्पदाको महत्त्व बुझ्न प्रेरणा दिने विश्वास समितिले लिएको छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
