वैशाख ४ गते २०८२
05:05: AM
वैशाख ४ गते २०८२
05:05: AM

याक्थुङ वेन्सा चुम्भो युकेद्वारा भाषा, लिपि सिकाई अभियान

मंसिर २८ गते २०८१
8:29 pm
Author Avatar
फक्ताङलुङ दर्पण

सिक्कुम ज्ञानु फुरुम्बाे चरपे/बेलायत: भाषा, लिपि, साहित्य, संस्कार, र संस्कृति समाजको अमूल्य निधि हुन्। "भाषा र लिपि बाँच्दा समुदाय बाँच्छ; यदि मरे भने समाज आफैं विलिन हुन्छ" भन्ने सन्देशलाई आत्मसात् गर्दै किरात याक्थुङ चुम्लुङ युकेको भातृ संगठन याक्थुङ वेन्सा चुम्भो युकेले १२ डिसेम्बर २०२४ का दिन महान सहिद तेअङ्सि सिरिजङ्गा सिंथेबेको ३२०औं जन्मजयन्तीको अवसरमा भर्चुअल माध्यम जुम मार्फत "सिरिजङ्गा स्क्रिप्ट वर्कसप अनलाइन ट्रेनिङ" कार्यक्रम आयोजना गर्‍यो।

कार्यक्रमको अध्यक्षता याक्थुङ वेन्सा चुम्भो युकेका अध्यक्ष हाङ्मा लाओतीले गरे। प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ युकेकी अध्यक्ष कमला सेन्दाङ लिम्बु थिइन्। कार्यक्रममा युके लगायत विभिन्न देशबाट याक्थुङ समुदायका प्रतिनिधिहरू र भाषा-लिपि संरक्षणमा चासो राख्ने व्यक्तिहरूको सहभागीता थियो।

कार्यक्रमको उद्घाटन मन्तव्यमा अध्यक्ष हाङ्मा लाओतीले सहभागी सबैलाई स्वागत गर्दै सिरिजङ्गा सिंथेबेको योगदान स्मरण गरे। वर्कसपमा सिरिजङ्गा लिपि लेखन र याक्थुङ पान सिकाई सम्बन्धी विशेष सत्रहरू सञ्चालन गरियो।

भाषा, लिपि, र संस्कृति संरक्षणको आवश्यकता औंल्याउँदै प्रमुख सहजीकरणकर्ता टेक माबोहाङले भने, "आजको दिनमा दोस्रो पुस्तालाई भाषा, लिपि, र संस्कृतिको अभ्यास गराउँदै संरक्षण गर्न आवश्यक छ।" यसैगरी, संस्थापक संयोजक लाहाङ चेम्जोङ र प्रमुख अतिथि कमला सेन्दाङले याक्थुङ वेन्साको प्रयासको प्रशंसा गर्दै कार्यक्रमलाई शुभकामना व्यक्त गरे।

कार्यक्रमको समापन अध्यक्ष हाङ्मा लाओतीको मन्तव्य र उपाध्यक्ष सन्देश नेम्बाङको सञ्चालनमा गरियो।

सिरिजङ्गा सिंथेबे: याक्थुङ समुदायका महान सहिद

सिरिजङ्गा सिंथेबे ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोकमा बि.सं. १७०४ तिर जन्मिएका थिए। उनलाई याक्थुङ समुदायले ९औं शताब्दिका सिरिजङ्गाको अवतारका रूपमा मान्ने गर्छ।

सिरिजङ्गा सिंथेबेले भाषा, लिपि, संस्कार, र संस्कृति जोगाउन अभियान चलाए। तर, यसै अभियानकै क्रममा उनीमाथि राजद्रोहको आरोप लगाइयो। अन्ततः सिक्किमको राम्दाङमा उनलाई भोटे लामाहरूले रुखमा बाँधेर ९ ओटा तीरले प्रहार गरी हत्या गरे।

उनको योगदान याक्थुङ समुदायका लागि सधैं प्रेरणादायक रहिरहनेछ। यस्ता प्रयासले समुदायको भाषा र संस्कृतिको जगेर्ना गर्न थप ऊर्जा मिल्ने विश्वास लिइएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo