अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्ड कप आजदेखि सुरु
Phaktanglung Darpan
मंसिर १५ गते २०८१
7:01 am
फक्ताङलुङ दर्पण
लिम्बू समुदायको मौलिक पर्व चासोक तङनामको अवसरमा आयोजित दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्ड कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । भानुजन माध्यमिक विद्यालयको खेलमैदान, फुङलिङ बजारमा सञ्चालन हुनेछ । आयोजक चासोक तङनाम सञ्चालन समितिले ताप्लेजुङले खेलको आयोजना गरेको हो । प्रचार प्रसार संयोजक दिनेश लिङखिमका अनुसार आज पहिलो खेलमा ताप्लेजुङको कञ्चनजङ्घा फुङलिङ क्लब र तेह्रथुमको सम्दु फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रने तयारीमा छन् । आजको विजेताले सोमबार हुने सुनसरी र भारतको टोलीबीचको खेलको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । भोलि(आइतबार)मोरङ र इलामबीच खेल हुनेछ भने मंगलबार पाँचथर र झापाले अन्तिम क्वार्टरफाइनल खेल खेल्नेछन् । प्रतियोगिता मंसिर २२ गते समापन हुनेछ । समितिका अध्यक्ष चन्द्रकुमार थेबेका अनुसार विजेताले नगद तीन लाख दुई हजार ८१ रुपैयाँसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५२ हजार ८१ रुपैयाँसहित ट्रफी र अन्य पुरस्कार पाउनेछन्। साथै, प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई “म्यान अफ द म्याच“ पुरस्कार र अन्य विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।