कोभिड—१९ का कारणले लामो समय रोकिएको ताप्लेजुङ गोल्डकप पूनः सञ्चालनहुने भएको छ । लाखेजात्राको अवसर बारेर विगत तीन वर्ष देखि सञ्चालन हुन नसकेको फुटवल प्रतियोगिता यसबर्ष भने सन्चालन हुनेभएको हो । प्रतियोगिता संचालन गर्न देवराज गुरुङको अध्यक्षतामा ४३ सदसीय सञ्चालक समिति गठन गरेरसंगै प्रतियोगिताको प्रक्रियाहरु अगाडी बढाएको छ । ताप्लेजुङका २०२९ साल देखि प्रत्येक वर्ष लाखेजात्राको अवसर सञ्चालन हुदै आएको प्रतियोगिता कोभिड—१९ का कारणले तीन वर्ष प्रतियोगिता हुन सकेको थिएन । प्रतियोगितालाई निरन्तरता दिन नयाँ समिति गठनभएसंगै खेलले निरन्तरता पाएको हो । उक्त प्रतियोगितालाई ‘ताप्लेजुङ गोल्डकप’को नाम दिएर सञ्चालन गर्न सर्वपक्षिय सहमति जुटेपछि भदौ १४ देखि २० गते सम्म ताप्लेजुङको सदरमुकाम फुङ्लिङ्मा रहेको भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्ने गरि तयारी थालिएको आयोजकले जनाएको छ। करिब दश हजार दर्शक अटाउने गरी बाँसको अस्थायी प्यारापिट निर्माण गरिने लक्ष्य लिइएको आयोजकको भनाई छ । जिल्लाको एकमात्र ठुलो फुटवल प्रतियोगिता र अत्याधिक दर्शकको साथ पाएको प्रतियोगिता संचालन नहुँदा जिल्लाको फुटवल क्षेत्रमा परेको असर ,बजार क्षेत्रको सुस्ततालाई दृष्टिगत गरि प्रतियोगिता गर्नुपर्छ भनेर आफुहरुले समन्वय गरे खेलको पूनः सञ्चालन गर्न लागृकाृ खेलकुद सञ्चालक समिति अध्यक्ष गुरङले बताउनुभयो । अध्यक्ष गुरुङका अनुसार विभिन्न आठ वटा आमन्त्रीत टिमलाई सहभागि गराईने प्रतियोगितामा प्रथम हुनेले नगद तीन लाख ११ हजार १११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । उपबिजेता टिमले नगद एक लाख ११ हजार १११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । २०२९ सालबाट बिभिन्न नाममा सञ्चालन हँुदै आएको प्रतियोगिता पछिल्लो समय लाखेजात्रा खेल सञ्चालन समितिका नामबाट निरन्तर बढ्दै आएको छ । २०७७ र २०७८ सालमा कोभिडका कारण र २०७९ सालमा प्रतियोगिता सञ्चालनस्थल भानुजन माविको खेल मैदान पुर्ननिर्माण सहितका कारणबाट प्रतियोगिता रोकिएको लाखेजात्रा खेल सञ्चालन समितिले जनाएको छ । …