वैशाख ४ गते २०८२
10:47: PM
वैशाख ४ गते २०८२
10:47: PM

केवलकार निर्माण पक्ष र विरोधी पक्षबिच झडप ६ घाइते

कार्तिक २३ गते २०८१
6:07 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माण पक्षधर र विरोधी पक्षबिच काफ्ले पाटीमा शुक्रबार भएको झडपमा छ घाइते भएका छन । घाइते हुनेमा केबलकार बनाउने पक्षका दुई, एक केबलकार खारेजी पक्ष, सर्वसाधरण एक र सुरक्षाकर्मी दुई गरी छ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार घाइते हुनेमा केवलकार बनाउने पक्षका फुङ्लिङ नगरपालिका—४ बस्ने ४० दामोदर अधिकारी, मेरिङदेन गाउँपालिका—४ बस्ने २६ वर्षका कुमार शेर्पा घाइते भएका छन् । त्यस्तै केबलका खारेजी पक्षका फुङ्लिङ नगरपालिका—४ बस्ने ४५ वर्षका चन्द्र मादेन घाइते भएका छन् । पाथीभरामा भरीयका रुपमा काम गर्दै आएका सर्वसाधरण फक्ताङलुङ गाउँपालिका—५ बस्ने अर्जुन लिम्बू घाइते भएका छन् । सुरक्षकर्मी तर्फ सशत्र प्रहरी डिगेन्द्र ओली र प्रहरी अभिनास माझी घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी विवेक बस्नेतले जानकारी दिनुभएको छ । घाइतेहरुलाई जिल्ला अस्पताल, तमोर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
ताप्लेजुङको पाथीभरामा केवलकार निर्माणका विषयमा दुईपक्षबीच केहीबेर ढुङ्गा हानाहानको। केवलकार निर्माणको लागि सिल्यानास गर्न लगिएको एक्स्काभेटरलाई केवलकार निर्माणका विरुद्धमा रहेकाहरूले अवरोध गरेपछि झडपको स्थिति र्सिजना भएको हो । उक्त स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्सपेक्टर विवेक बस्नेत नेतृत्वको प्रहरी टोलीले एक्स्काभेटर अपरेटरबाट प्रमुख जिल्ला अधिकारीको निर्देशनमा चाबी नियन्त्रणमा लिएको थियो ।
त्यसपछि केवलकार निर्माणका पक्ष र विपक्षबीच ढुङ्गा हानाहान भएको थियो ।
अहिले भने काफ्ले पार्टीको स्थिति सामान्य भएको बताइएको छ । ….
—दिलकुमार लिम्बू

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo