आठ संस्थाले पाथीभरामा केबलकार निर्माण कार्य प्रतिकार गर्ने
Phaktanglung Darpan
कार्तिक २२ गते २०८१
6:52 pm
फक्ताङलुङ दर्पण
मुक्कुमलुङ(पाथीभरा)मा केबलकार निर्माण कार्य विविन्न संस्थाहरुबाट प्रतिकार गर्ने भएको छ । विहिबार प्रेस नोट जारी गर्दै विविन्न आठ संस्थाहरुले पाथीभर क्षेत्रमा निर्माण कार्य रोक्न र मुक्कुमलुङ संरक्षणका लागि जस्तो सुकै जोखिम मोल्न तयार रहेको बताएको छ । क्षेत्र एक पवित्र स्थल हो, जसलाई मुन्धुमी, सांस्कृतिक र आध्यात्मिक आस्थाको धरोहर मानिन्छ। यस पवित्र स्थलमा सारा मानव समुदायको साझा विश्वास र आस्था रहेको छ। यस्तै पवित्र स्थललाई कुनै प्रकारको प्रतिकूल असर पर्ने ठूला संरचना निर्माण गर्नु वा त्यस क्षेत्रमा सरकारी वा गैरसरकारी गतिविधि गराउनु उपयुक्त नहुने स्थानीय समुदायको धारणा छ
अहिले मुक्कुमलुङ क्षेत्रमा केबलकार निर्माणको योजना अघि बढिरहेको छ। यस योजनालाई विभिन्न संघ(संस्थाहरूले बिरोध गर्दै आएका छन्। सरकारको तर्फबाट केबलकार निर्माणलाई सुरक्षा प्रदान गर्न तलको फेदी काफ्ले पाटीमा प्रहरी टोली खटाइएको छ, तर स्थानीय संस्थाहरूले उक्त प्रहरी टोलीको फिर्ता गर्न माग गरेका छन्। साथै, संघीय सरकारका गृहमन्त्री र प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीसमक्ष यस विषयमा असन्तुष्टि औपचारिक रूपमा प्रस्तुत गरिसकिएको छ।
तर, सरकारी सुरक्षा र केबलकार निर्माण पक्षका योजनाले मुक्कुमलुङ क्षेत्रलाई थप तनाव र भिडन्ततर्फ धकेल्न सक्ने चेतावनी स्थानीय संघ(संस्थाहरूले दिएका छन्। उनीहरूको भनाइमा, केबलकार निर्माणका लागि भाडाका व्यक्तिहरू ल्याएर प्रहरीको संरक्षणमा भौतिक संरचनाहरू निर्माण गर्ने योजना रहेको छ, जसका कारण ठुलो भिडन्त र रक्तपात हुन सक्ने सम्भावना रहेको छ। यो अवस्था आएमा मुक्कुमलुङको पवित्रता र संरक्षणमा गम्भीर क्षति पुग्ने स्थानीयहरूको धारणा छ।
स्थानीय समुदायको आह्वानस् संरक्षणका लागि अगाडि आएका विभिन्न संघ(संस्थाहरूले यस क्षेत्रमा कुनै पनि प्रकारको अशान्ति र भिडन्त हुन नदिन सबैलाई जागरुक रहन आह्वान गरेका छन्। उनीहरूले मुक्कुमलुङ क्षेत्रको संरक्षणका लागि सरकार र केबलकार निर्माण पक्षको कदमको सशक्त प्रतिरोध गर्न जनसमुदायलाई एकजुट हुन आग्रह गरेका छन्। साथै, तल्लो फेदी काफ्ले पाटीमा भेला भएर मुक्कुमलुङको पवित्रता र सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग गर्न सबैलाई अपील गरिएको छ।
प्रेस वक्तव्य जारी गर्ने संस्थाहरूस् थी निइखिम, अध्यक्ष, मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति नन्दकन्दडवा, संयोजक, लिम्बु याख्थुङ संस्था ९याख्थुङ सयड० गोविन्द आडवुड, उपाध्यक्ष, अखिल किरात याख्थुङ चुम्लुङ, संघीय समिति डकेन्द्र सिंह शेर्मा, केन्द्रीय अध्यक्ष, किरात धर्म तथा साहित्य उत्थान संघ सरस्वता ९सरु० सिंगक, प्रतिनिधि, मुक्कुमलुङ तान्सेप चुम्मा प्रेम येक्तेन, प्रदेश नं १ पुननामाकन संयुक्त संघर्ष समिति राममत्तः कुरुम्याङ, महासचिव, प्रदेश नं १ पुननामाकन अभियान समिति
संघ(संस्थाहरूको एकीकृत प्रेस वक्तव्यमा मुक्कुमलुङको संरक्षणप्रति प्रतिवद्धता व्यक्त गरिएको छ र यस क्षेत्रमा हुने कुनै पनि प्रकारको विवादास्पद गतिविधिको सशक्त विरोध गर्ने चेतावनी दिइएको छ।