वैशाख ६ गते २०८२
08:55: AM
वैशाख ६ गते २०८२
08:55: AM

ताप्लेजुङमा फुङ्फुङगे झरना पर्यटन मेला

कार्तिक १४ गते २०८१
2:07 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा फुङ्फुङगे झरना पर्यटन मेला आयोजना गर्न तयारी भइरहेको छ। मेला मङ्सिर ७ देखि १० गतेसम्म साँवाको तेम्बामा खेलकुद र अन्य विभिन्न गतिविधिहरूसहित सम्पन्न हुनेछ।

फुङ्फुङगे झरना पर्यटन विकास समितिको आयोजनामा मेला गरिएको हो, र बुधबार फुङ्लिङमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिइएको छ। मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा मेलाले फुङ्फुङगे झरनासहित यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेको उल्लेख गरिएको छ।

समितिका अध्यक्ष विजय साँवाले मेला भित्र पुरुष र महिला फुटबल प्रतियोगितालाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गर्न लागेको जानकारी दिए। फुटबल प्रतियोगितामा भाग लिने विजेताले नगद पुरस्कार, ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन्। पुरुषतर्फ विजेताले एक लाख ११ हजार १११ र उपविजेताले ६१ हजार १११ रुपियाँ पाउने छन्, जबकि महिलातर्फ विजेताले ५५ हजार १११ र उपविजेताले ३१ हजार १११ रुपियाँ पाउनेछन्।

साँस्कृतिक कार्यक्रम र अन्य गतिविधिहरूसहित मेलाको लागि २५ देखि २८ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ। गाउँपालिका अध्यक्ष कार्कीले मेलालाई भव्यरुपमा सफल बनाउन सबैसँग सहयोगको अपिल गरेका छन्।

फुङ्फुङगे झरनामा मेला सञ्चालनको इतिहास २०४५ सालदेखि सुरु भएको हो, र २०५२ सालसम्म निरन्तरता पाएको थियो। माओवादी द्वन्द्व पछि मेला रोकिएको थियो, र अब २९ वर्षपछि पुनः फुङ्फुङगे झरना पर्यटन मेला आयोजना गर्न लागिएको छ। भविष्यमा यो मेलालाई निरन्तरता दिन समितिको योजना रहेको पनि जानकारी दिइएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo