वैशाख ४ गते २०८२
03:43: AM
वैशाख ४ गते २०८२
03:43: AM

दसैंका लागि मुस्ताङका च्याङग्राको मूल्य सस्तो, माग बढ्ने अपेक्षा

असाेज १७ गते २०८१
2:03 pm
Author Avatar
फक्ताङलुङ दर्पण

दशैं पर्वको लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यस वर्ष तुलनात्मक रूपमा सस्तो भएको छ। च्याङग्राको आपूर्ति बढेको र अघिल्लो वर्षको महँगो मूल्यका कारण बिक्री कम भएकाले यसपालि किसानहरूले मूल्य घटाएका हुन्।

मुस्ताङका व्यापारी टसी छेवाङ गुरुङका अनुसार गतवर्ष च्याङग्राको मूल्य ४० हजार रुपैयाँभन्दा बढी थियो, तर यसपटक ३० देखि ३३ हजारमा खरिद गरिएको छ। उनले भने, ूयसपाली बिक्री मूल्य घटाउनुपरेको छ, काठमाडौं र पोखरामा गतवर्ष ५५ हजारसम्ममा बिक्री भएको च्याङग्रा यसपालि ४५ हजारभन्दा कममा हुनेछ।ू

गतवर्ष महँगो मूल्यले गर्दा च्याङग्राको बिक्रीमा समस्या उत्पन्न भएको थियो, जसका कारण व्यापारीहरूलाई घाटा व्यहोर्नुपरेको थियो। छेवाङ गुरुङ सहित डोल्पाका अन्य व्यापारीहरू मुस्ताङबाट च्याङग्रा झारेर पोखरा लगायतका सहरहरूमा लैजाँदै छन्।

मुस्ताङ, डोल्पा, र मुगुबाट दसैंको लागि झारिएका च्याङग्राहरू म्याग्दी हुँदै विभिन्न सहर बजारमा पुग्न थालेका छन्। मुस्ताङका विभिन्न स्थानबाट व्यापारीहरू च्याङग्रा खरिदका लागि आइरहेका छन्। हिमाली क्षेत्रका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थ मानिन्छ, जसको खपत विशेषगरी दसैं–तिहारमा बढी हुन्छ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख लालमणी अर्यालका अनुसार, हालसम्म सात हजार च्याङग्रा जोमसोमबाट म्याग्दीमा झारिएका छन्, र यो वर्ष दस हजार च्याङग्रा बिक्री हुने अनुमान गरिएको छ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोमान्थाङ, घरपझोङ लगायतका गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएका छन्, र च्याङग्रापालन त्यहाँका कृषकहरूको मुख्य आयस्रोत बनेको छ।

यस वर्ष मूल्य घटेसँगै च्याङग्राको माग बढ्ने अपेक्षा गरिएको छ, जसले कृषक र व्यापारी दुवैलाई राहत दिन सक्नेछ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo