वैशाख ५ गते २०८२
08:54: PM
वैशाख ५ गते २०८२
08:54: PM

सिरिजंघामा खेबाङ गोल्डकपः विजेतालाई एक लाख ५१ हजार नगद पुरस्कार

असाेज ११ गते २०८१
10:57 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा खेबाङ गोल्डकपको सातौं संस्करण आयोजना हुने भएको छ। खेबाङ स्पोर्टिङ क्लबले शुक्रबार फुङलिङमा पत्रकार सम्मेलन गर्दै कात्तिक १० देखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो।
प्रतियोगिता सिरिजंघा गाउँपालिका—७ खेबाङमा हुनेछ। क्लबका अध्यक्ष बिनम माबोका अनुसार, विजेताले एक लाख ५१ हजार १११ रुपैयाँ, उपविजेताले एक लाख १ हजार १११ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपाल पुलिस क्लब (कोशी प्रदेशं) रेड स्टार फुटबल क्लब (झापा), कुम्मायक गाउँपालिका (पाँचथर) लगायत जिल्लाका तेल्लो स्पोर्टिङ क्लब (तेल्लोक) लालीगुराँस स्पोर्टिङ क्लब (सुरुम्खिम), नैना कम्पनी प्रालि (खेबाङ), पेदाङ स्पोर्टिङ क्लब (पेदाङ), र आयोजक खेबाङ स्पोर्टिङ क्लबको सहभागिता रहनेछ।
खेल सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। सिरिजंघा गाउँपालिका, वडा कार्यालय खेबाङ, निर्माणाधीन जलविद्युत् परियोजनाहरू र अन्य दाताबाट आर्थिक सहयोग संकलन गरिने क्लबले जनाएको छ। २०६१ सालदेखि विजयादशमी र दीपावलीको अवसरमा खेलाइँदै आएको यो प्रतियोगिता २०७५ सालदेखि गोल्डकपको रूपमा आयोजना हुँदै आएको हो।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo