वैशाख ६ गते २०८२
03:13: PM
वैशाख ६ गते २०८२
03:13: PM

सिरिजङ्गा गाउँपालिकाद्वारा छात्रवृत्ति पाएका विद्यार्थीलाई एकवर्ष गाउँमै रोजगारी

असाेज ६ गते २०८१
5:36 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले प्राविधिक शिक्षा प्राप्त गरेका विद्यार्थीलाई कम्तीमा एक वर्ष गाउँपालिकामै जागिर दिने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीका अनुसार, पालिकाले छात्रवृत्तिमार्फत प्राविधिक शिक्षा ९प्रवीणता प्रमाण–पत्र तह वा सो सरह० पूरा गरेका विद्यार्थीलाई करार सेवामा लिई काममा खटाइने छ ।
पालिकाको छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिनुपर्नेछ, जसमा नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताका कागजातहरू, वडाको सिफारिस, र प्राविधिक शिक्षा सुरु गर्नु अघि गरिएको कबुलियतनामा समावेश गर्नुपर्नेछ ।
प्रमुख प्रशासकीय अधिकृत नेपालीका अनुसार, छनोट भएका विद्यार्थीलाई कम्तीमा एक वर्ष नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिइनेछ। सिरिजङ्गा गाउँपालिकाले २०७८ मा जारी गरेको छात्रवृत्ति ऐन अनुसार, सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने प्रत्येक वडाका एक विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिन्छ ।
ऐन अनुसार, छात्रवृत्तिमा छनोट भएका विद्यार्थीहरूले अध्ययन सम्पन्न गरेपछि कम्तीमा एक वर्ष आफ्नो वडामा सेवा गर्न अनिवार्य कबुलियतनामा गर्नुपर्ने व्यवस्था छ। पालिकाले यही व्यवस्थाअनुसार छात्रवृत्ति पाएर अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई गाउँमै रोजगारीको अवसर दिन लागेको जानकारी दिएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo