अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपकको सनिवार भएको दोस्रो सेमिफाईनल खेलमा सहलेश फुटवल क्लब सिराह फाइनलमा प्रवेश गरेको छ । ४—२ गोलले अन्तरले बिर्तामोड फुटबल क्लब झापालाई पछि पादै सिराहा फाइनल खेलमा प्रवेश गरेको हो ।
सनिवार २ः३० बजे सुरुभएको खेलमा १८ औं मिनेटमा सहलेश फुटवल क्लब सिराहाका १५ जर्सी नम्बर खेलाडी जुना ग्लोरीले पहिलो गोल गर्नु सफल हुनुभएको थियो ।
त्यस्तै प्रतिरक्षाको लागि खेल सुरुभएको ५६ औं मिनेटमा बिर्तामोड फुटबल क्लब झापाका १७ जर्सी नम्बरका खेलाडी सन्जय सुब्बाले गरेर सफल भएसंगै खेल बराबर भएको थियो ।
निर्धारित समयमा बराबर भएपछि थप १५ मिनेट समय गरेको थियो । थप समयमा समेत गोल हुन नसके पछि प्यानल्टी खेलमा ४—२ गोल अन्तरले सिराहा फुनलमा प्रवेश गरेका हुन ।
सिराहाका खेलाडी जय गुरुङ,आदित्य शाख्य,सन्तोष खत्री र प्रवेश दनुवार गरि चार जानले खेलाडीले गोल गर्न सफल भएको थियो । त्यस्तै झापाका खेलाडी प्रदिप भण्डारी र रोहन कार्की गरि दुई खेलाडीले मात्र गोल गर्नु भएको थियो ।
झापाले विभागिय टिम त्रिभुवन आर्मीलाई र सिरहाले पाँचथरलाई पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेका हुन् ।
शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा ताप्लेजुङको संघर्ष स्पोर्टिङ फुटवल क्लबलाई २–१ ले पराजित गर्दै सगरमाथा युथ क्लब मोरङ फाईनलमा प्रवेश गरेको छ ।
सोबार मोरङसंग फाईनल खेलमा प्रतिस्पर्धा गर्ने छन् । विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार ५५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।…