वैशाख ५ गते २०८२
10:03: PM
वैशाख ५ गते २०८२
10:03: PM

पदमचालको आकर्षण र महत्व

श्रावण ३१ गते २०८०
6:40 am
Author Avatar
फक्ताङलुङ दर्पण

यति खेर उच्च हिमाली क्षेत्रहरु विभिन्न प्रजातिका फूलहरुले सजिएको छ । गरगहानाले दुलही सजिए जस्तै हिमाली क्षेत्र फूलका गुच्छाले ढकमक्क सजिएको छ । यति खेर उच्च हिमालमा घुमघाम गर्न जाने जो को ही सधैका लागि हिमालमै रहिरहौं जस्तो लाग्छ ।


उच्च हिमाली क्षेत्रमा फूलहरुको रानी पदम चाल (केन्जो) फूललाई लिन सकिन्छ । केन्जो फूले छट्ट देख्दा मनसपटलमा काठमाडौंमा नयाँ बनेको धरहराको झल्को आउँछ । धरहरा जस्तै सेतो रङ्ग र बनावट पनि उस्तै देखिन्छ । हिमाली क्षेत्रमा उच्च डाँडाहरुमा पहराहरुमा सेताम्य भएर जस्तै केन्जो फूले जो कोहीमा मन लोभयाउँछ । केन्जो अर्थात् पदमचाल एक दुर्लभ प्रजातिको फूल हो । धरहरा जस्तै अग्लो र सेतो हुने यो फूल निकै सुन्दर हुन्छ । डाँडैभरि टावर झैँ फूलेको हुन्छ केन्जो । लेकाली चौर र अग्ला डाँडा निकै आकर्षक देखिने गरी फूलेको भेटिन्छ । केन्जो जडीबुटी औषधी पनि हो ।

केन्जोलाई नेपालीमा पदमचाल भनिन्छ । अहिले उच्च हिमाली क्षेत्रमा टावरजस्तो सेतो वनस्पति लहरै देखिन्छ । पहाडमा बाक्लो गरी देखिने केन्जो लामो क्षेत्रसम्म फैलिएको छ । फरक किसिमको फूल भएकाले आकर्षक देखिन्छ । फेरि यो कमै ठाउँमा पाइन्छ । मिक्वाखोला गाउँपालिका—५ लोदेन,तोक्पेगोला र फक्ताङलुङ गाउँपालिका—७ सिङजेमा,देउमा,माउमा क्षेत्रमा कमैरुपमा पाईने कञ्चनजंघा संरक्षण क्षेत्रका कार्याक्रम सहायक जितेन चेम्जोङले बताउनुभयो । सिदिङवा गाउँपालिका—७ तिम्बुपोखरी क्षेत्र केन्जो पाइने एक ठाउँ हो ।


केन्जोलाई नेपालीमा पदमचाल भनिन्छ । हिमाली क्षेत्रमा टावरजस्तो सेतो वनस्पति लहरै देखिन्छ । पहाडमा बाक्लो गरी देखिने केन्जो लामो क्षेत्रसम्म फैलिएको हुन्छ । फरक किसिमको फूल भएकाले आकर्षक देखिन्छ । फेरि यो कमै ठाउँमा पाइने गरेको चेम्जोङले बताउनुभयो । वनस्पती विभागका अनुसार जैविक औषधिको महत्त्व समेत बोकेको यो वनस्पति आकर्षक भएकाले नै चर्चित छ । यस क्षेत्रका घरमा केन्जोको तस्बिर फ्रेममा झुन्डिएको देख्न पाइन्छ । होटेलमा पनि राखेको देख्न पाइन्छ ।
यसको व्याख्या पहिलोपल्ट ब्रिटिस बोटानिस्ट सर जोसेफ टाल्टन हुकर ले गरेको भेटिन्छ । उहाँले ‘हिमालयन जर्नलस नोट्स आफ न्याचुरलिस्ट’मा व्याख्या गरेका छन् । सन् १८४९ तिर सिक्किमको लाछेन उपत्यकामा यो वनस्पति देखेको लेखेका पाइन्छ ।


‘पदमचाललाई मैले पहिलो पल्ट एक माइल टाढाबाट देखें । लाछेन उपत्यकाको १४ हजार फिट उचाईमा अवस्थित कालो पहाडलाई यसले अत्यन्त सुन्दर बनाएको थियो । अप्ठ्यारा ठाउँमा थिए । तीन फिट जति अग्लो यस वनस्पति पिरामिड टावरको रूपमा ठिङ्ग उभिएको थियो,’ उहाँले लेखेका छन् ।
वनस्पती विभागका अनुसार नेपाल, भारत र भुटानमा यो वनस्पति भेटिएको छ । वनस्पती विभागका अनुसार पदमचाललाई एक किसिमको जडीबुटी हो । आयुर्वेदमा यसलाई निकै महत्वका साथ लिइन्छ । संस्कृतकमा यसलाई रेवाचिनी, अम्लसार, बेतसाम्ल, फलाम्ले, गन्धिनी भनेर पनि चिनिन्छ । पोलिगोनेसी वनस्पति परिवारभित्र पर्दछ । नेपालको ३००० मिटर देखि ४००० मिटरसम्मको हिमाली भेगमा पदमचालका विरुवाहरु आफैं उम्रिएका हुन्छन् । व्यवसायिक खेती भने हालसम्म भएको देखिदैन । स्थानीयहरुले विभिन्न औषधि (दवाई) का रुपमा प्रयोग गर्दै आएका वनस्पती विभागले जनाएको छ । बोटलाई अचारका रुपमा पनि प्रयोग गर्न सकिन्छ ।


हिमाली भेगको फिरफिरे , ठींग्रे वा गोब्रे सल्ला इत्यादि भएका जङ्गलको छेउ छाउमा, थुम्कामा, खुला ठाउँमा र ढुङ्गाको अन्तरमा हुर्किन्छ । एक देखि दुई मिटर सम्म अग्लो हुने पदमचाल जरा र जमीन मुनि रहने काण्ड कसिएको गठिलो हुने गरेको मिक्वाखोला गाउँपालिका—५ तोक्पोगालाका स्थानीय तेन्जिङ शेर्पाले बताउनुभयो ।
शेर्पाका अनुसार बाहिरी भाग चाउरी परेको हुन्छ । यसबाट सुगन्धित वास पनि आउँछ । स्वाद भने पिरो, टर्रो र केही मात्रामा अमिलो पनि हुन्छ । जमीनबाटै पल्हाई आएका लामा डाँठ भएका यसका पातहरू ३० से.मि. चौडा हुन्छन् । विरुवाका माथिल्लो भागमा तल्ला पातहरूको दाँजोमा साना हुन्छन् । यसको फूलहरू साना र राता हुन्छन्। एउटै फूलमा भाले तथा पोथी दुवै योनी पाइन्छन् । यसलाई जडिबटी संकलन कर्ताहरुले जरा किनेर भारत, चीन लगायतका मुलुकमा निर्यात गर्ने गरेका छन् ।
खेती कस्तो ठाउँमा उपयुक्त हुन्छ ?


कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत आर्दश क्षेत्रीका अनुसार पदमचालको औषधिय गुण धेरै हुने भएकोले यो अति महत्वपूर्ण विरुवा हो । व्यवसायिक रुपमा लगाएर आर्थिक लाभ लिन सकिन्छ । विरुवा काण्डका टुक्राहरूबाट अथवा बीउबाट उमारिन्छ । विरुवाहरूलाई वसन्त ऋतुमा सार्नुपर्दछ । १.५ मी. दुरीमा रहेको खाल्टोमा मल जल गरेपछि मात्र यो विरुवा सार्ने कार्य हुन्छ । पदमचालको फूलहरु साना र रातो रङ को हुन्छ । पदमचाल विशेषत नेपालको हिमाली भेग दोलखा, गोरखा, लमजुङ, म्याग्दी, हुम्ला, बाजुरा, जुम्ला, पर्वत, रुकुम, बागलुङ लगायतका जिल्लामा पाउने संरक्षण अधिकृत क्षेत्रीले बताउनुभयो ।


उपयोगीता
संरक्षण अधिकृत आर्दश क्षेत्रीका अनुसा कब्जियत, पखला लागेको, ज्वरो आएको अवस्थामा पदमचालको प्रयोग गर्न सिकन्छ । त्यस्तै, शरीरमा जलन भए यसको रस जुसको रुपमा पिउँदा शरीरलाई शितलता प्रदान गर्छ । डाँठलाई सुकाएर जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ । खाना अपच भएको अवस्थामा एक गिलास पानीमा यसको सुकाएको धुलो एक चम्चा मिसाएर खाँदा यसले स्वास्थ्यलाई निकै फाइदा पु¥याउँछ । शरीरको कुनै भाग सुन्निएको छ वा मर्केको, भाँचिएको अवस्थामा पदमचालको जरा कुटेर गाईको गहुँतसग मिसाइ लगाउनाले फाइदा गर्दछ । साथै पदमचालको पात, डाठ, फुललाइ अचार तथा तरकारीमा पनी प्रयोग गरिन्छ ।


वन विभागले दिएको तथ्याङ्कअनुसार नेपालमा हाल वार्षिक चार हजार ८३५ मेट्रिक टन जडीबुटी उत्पादन हुँदै आएको छ । यस्तै, विभागले सतुवा, लौठसल्ला, अतिसलगायत ३० प्रजातिका जडीबुटीलाई अध्ययन, अनुसन्धान र खेती विस्तार गराउँदै आएको छ ।….

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo