अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोश्रो संस्करण अन्तरगत आज (मंगलबार) भएको खेलमा सलहेस युवा क्लब सिरहा विजयी भएको छ । पाँचथर फुटबल क्लब पाँचथरलाई १–० ले पराजित गर्दै सिरहा सेमिफाईनलमा प्रवेश गरेको हो । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा भानुजन माद्यमिक बिद्यालयको प्राङगणमा आयोजित खेलमा ताप्लेजुङका एक सहित ८ ओटा टीमले सहभागीत जनाएका छन् ।
मंगलबार भएको सिरहा जिल्लाबाट सहभागि भएको टिम सलहेस युवा क्लब सिरहाले आउँदो भाद्र ६ गते हुने काठमाडौँ र झापाबीचको बिजेतासँगको खेलने छन् । प्रतियोगिताको बिजेता नगद ५ लाख उपबिजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् । खेलका विभिन्न बिधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित पुरस्कारको ब्यबस्था गरिएको आयोजकले जनाएको छ ।
क्वाटर फाईनलका चारओटा खेलमा प्रत्येक दिन १ सय रुपैयाँ टिकटको ब्यबस्था गरिएको छ । सेमिफाईनलमा २ सय र फाईनलमा २ सय ५० रुपैयाँका दरले टिकटको ब्यवस्था गरिएको हो । गोल्डकप सम्पन्न गर्न विभिन्न चुनौतीका बाबजुत दर्शकका सुबिधाका लागि अस्थायी प्याराफिट समेत निर्माण गरिएको छ ।