अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगिता भदौ ३ गते (भोली) ताप्लेजुङको भानु जनता माध्यमिक विद्यालयको खेल मैदानमा सुरु हुने भएको हो ।
उद्घाटन खेलमा समूह ‘ए’ अन्तर्गत सङ्घर्ष स्पोर्टिङ क्लब र भारतको सिलगुडीस्थित कञ्चनजङ्घा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङका अनुसार, भदौ ४ गते समूह ‘बी’ अन्तर्गत पाँचथर फुटबल क्लब र सिराहाको सलहेश युवाक्लबबीच खेल हुनेछ । यसै दिन समूह ‘ए’ का रूपन्देहीको बुटवल लुम्बिनी फुटबल क्लब र सगरमाथा युथ क्लबबीचको खेल पनि हुनेछ । भदौ ६ गते समूह ‘बी’ का त्रिभुवन आर्मी क्लब र बिर्तामोड युनाइटेड फुटबल क्लब, झापा, बीच भिडन्त हुने छ । त्यसपछि भदौ ७ गते पहिलो सेमिफाइनल र ८ गते दोस्रो सेमिफाइनल खेल हुनेछ । भदौ ९ गते एक दिन विश्रामपछि फाइनल खेल भदौ १० गते आयोजना गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
खेल प्रत्येक दिन दिउँसो २ः३० बजे सुरु हुनेछ । विजेताले नगद ५ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार ५५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, प्रत्येक खेलको ’म्यान अफ द म्याच’ तथा खेल अवधिभर विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ।
यसपटक प्रतियोगितामा भाषणको परम्परा हटाइएको समितिले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा फुङलिङ नगरपालिका र गोर्खा ब्रुअरी प्रा.लि. रहेका छन् । अन्य प्रायोजकहरूमा जिल्ला समन्वय समिति, सिरिजङ्घा गाउँपालिका, पाथिभरा याङवरक गाउँपालिका, मेरिङदेन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, मैवाखोला गाउँपालिका, फक्ताङलुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका, सिदिङवा
गाउँपालिका र सि.जी. ग्रुप नेपाल रहेका आयोजकले जनाएको छ । …
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
