ताप्लेजङको फक्ताङलुङ गाउँपलिकाले खानेपानी व्यवस्थापन गर्न पाईप वितरण गरेको छ । गाउँपालिका—२ चावाखु गाउँमा खाने पानी पाईप वितरण गरेको हो ।
फक्ताङलुङ गाउँपालिकाका अनुसार गत जेठ ३१ गते बाढी पहिरोले खानेपानीको मुहान बगाएसंगै अहिले सम्म खानेपानीको समस्या झेल्दै आएको समुदायहरुका लागि खानेपानी सहज बनाउँन पाईप वितरण गरिएको हो । पहिरोले खानेपानी मुहान बगएपछि खानेपानीको सास्ती झेल्दै आएको ५० घर परिवारलाई खानेपानी आपूर्ती गर्नका लागि पाईप उपलब्ध गराएको हो । फक्ताङलुङ गाउँपालिका—२ का वडा अध्यक्ष भुपेन्द्र चौंलागाईका अनुसार ५०, ४०, २५ र १६ एमएम साईजको पाईप वितरण गरिएको हो ।
वडा अध्यक्ष भुपेन्द्र चौलागाईंका अनुसार, पहिरोले पुरानो पाईप बगाएपछि स्थानीयलाई पानीको ठुलो समस्या परेको थियो, जसलाई सहज बनाउन स्थानीय सरकारले पाईप वितरण गरेको छ ।