ताप्लेजुङको फुङलिङबाट एक जना युवा लागू औषध सहित पक्राउ परेका छन् । सोमबार फुङलिङ नगरपालिका—८ निवासी १९ वर्षीय मिजाम गुरुङ पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार गोप्य सूचनाको आधारमा पैदल हिँडिरहेका गुरुङलाई प्रहरीले रोकेर चेकजाँच गर्दा गुरुङले आफ्नो झोला फ्याँकेका थिए । झोलामा प्रतिबन्धित लागू औषध ट्रमाडोल प्रोराइड क्याप्सुल आईपी लेखिएको १६४ क्याप्सुल र डाइसाइक्लोमिन एचसीआई ट्याब्लेट आईपी लेखिएको ६६ चक्की फेला परेको थियो ।
गुरुङलाई खोजी गर्ने क्रममा फुङलिङ नगरपालिका ४ स्थित तोक्मेमा बेलुका ९ बजे पक्राउ गरिएको लुङ्गेलीले जानकारी दिनुभएको छ । हाल गुरुङलाई अदालतबाट ५ दिनको म्याद दिई हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याल ताप्लेजुङले जनाएको छ ।
यस घटनामा लागू औषध दुर्व्यसन तथा त्यसको व्यापारको सम्बन्धमा थप सतर्कता अपनाउनुपर्ने आवश्यकता रहेको देखिन्छ। प्रतिबन्धित औषधको नियन्त्रण र समाजमा यसको असरलाई न्यूनिकरण गर्न सरकारी निकाय र समुदाय बीचको सहकार्य महत्त्वपूर्ण हुन्छ। स्थानीय प्रशासनले लागू औषध सम्बन्धी अपराधको नियन्त्रणमा कडाइका साथ अघि बढ्नुपर्ने स्पष्ट सन्देश यस घटनाले दिएको छ ।